संयुक्त राष्ट्रसङ्घ (संयुक्त राज्य अमेरिका), ७ पुस । फ्रान्स र बेलायतले संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्मा सिरियामाथि हेलिकोप्टर खरिद तथा रासायनिक हतियारको प्रयोग गरेकोमा सिरिया विरुद्ध आर्थिक नाकाबन्दी लगाउनुपर्ने अडान राखेका छन् ।
पाँच वर्षदेखि जारी सिरिया द्वन्द्वका क्रममा भएको गतिविधिको मूल्याङ्कन गर्दै बेलायत र फ्रान्सद्वारा प्रस्तुत ड्राफ्टमा उनीहरुले चार जना सिरियाली अधिकारी र सिरियाली अनुसन्धान केन्द्र लगायतका १० संस्था विरुद्ध रासायनिक हतियार निर्माण प्रक्रियामा संलग्नता रहेको जनाउँदै उनीहरुको सम्पक्ति रोक्का गर्ने र विदेश भ्रमणमा प्रतिबन्ध लगाउने लगायतको प्रस्ताव गरेको जनाइएको छ ।
कुटनीतिक विश्लेशकले भने यस प्रस्ताव उपर मतदान हुँदा सिरियाको निकट सहयोगी रसियाले भने आफ्नो ‘भिटो’ अधिकारको प्रयोग गर्दे प्रस्ताव पास हुन नदिने सम्भावना रहेको बताइएका छन् ।
रसियाले यसअघि सिरिया विरुद्ध राष्ट्रसङ्घको सुरक्षा परिषद्मा ल्याइएका छ वटा विभिन्न प्रस्तावलाई भिटो शक्तिको प्रयोग गर्दै विफल तुल्याएको थियो ।
संयुक्त राष्ट्रसङ्घ र रासायनिक हतियार संगठन (ओपिसिडब्लु)को संयुक्त अनुसनधानले सिरियाली सेनाका स्थानीय इकाइले सिरियाको उत्तरी क्षेत्रमा अवस्थित तीन गाउँमा सन् २०१४ र सन् २०१५ मा निषेधित विशाक्त रासायनिक हतियारको प्रयोग गरेको भेटिएको दावी गरेको छ ।
सिरियाली राष्ट्रपति र उनका सहयोगीद्वारा सिरियाली विद्रोही विरुद्ध सञ्चालन गरेको ‘सुरक्षा कारवाही’ मा रसायनिक हतियारको प्रयोग हुँदै आएको अन्तरराष्ट्रिय भनाईलाई राष्ट्रपति बसर अल असद र दमास्कसस्थित सिरियाली सेनाको मुल्यालयले खण्डन गर्दैआएका छन् ।
तर राष्ट्रसङ्घ र ओपिसिडब्लुले गरेको अनुसन्धान प्रतिवेदनमा असदको प्रशासनले क्लोरिनयुक्त बमद्वारा ओमेनास, ताल्मेनिज र सर्भिनमा आक्रमण गरिएको जनाइएको छ ।
रसायनिक हतियार महासन्धिले हतियारमा ब्लोरिनको प्रयोगलाई निषेधित गरेको छ । रसियाली दवावमा सिरियाले सन् २०१३ मा यस सन्धिमा हस्ताक्षर गरेको छ ।
राष्ट्रसङ्घका लागि बेलायती राजदूत म्याथ्यु राइक्राफ्टले प्रतिवेदनमा रायायनिक हतियार प्रयोगको पुष्टी जनाउँदै यसै विषयमा सिरिया विरुद्ध आर्थिक नाकाबन्दी लगाउनुपर्ने बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुले प्रतिवेदनको आधारमा सिरियामाथि कारवाही अघि बढाउने कुुरामा सल्लाह भइरहेको र फ्रान्स र बेलायतद्वारा प्रस्ताववित ड्राफ्टलाई अघि बढाउने, राजदूत राइक्राफ्टले बताउनुभयो ।
रसियाले भने प्रतिवेदनका खोजहरु ‘अनिर्णायक’ र नाकाबन्दी लगाउने प्रयाप्त आधार नभएको प्रतिक्रिया दिएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल