टोक्यो, ७ पुस । कडा हावा हुरीका कारण फैलिएको आगोका बिशाल लप्काले जापानको सामुन्द्रिक तटवर्ती एक सानो नगरमा कम्तीमा १४० भवनहरु जलाएको छ ।
जापानको निगाता जिल्लाको इतोइगावा उपनगरको स्थानीय एक रेस्टुराँबाट बिहीबार बिहान सल्केको आगो कडा आँधी बेहरीको चपेटामा परेपछि उग्ररुप लिएर बिशाल लप्कामा परिणत भै मध्य दिउँसोसम्म इतोइगावाका कम्तीमा १४० वटा आवासीय र अन्य ठूला भवन जल्न पुगेका छन् ।
यस समाचार लेखुन्जेलसम्म आगलागी नियन्त्रणमा आएको छैन र अरु फैलिँदै थप भवनहरुमा क्षति पुरयाइ रहेको छ ।
स्थानीय जापानी सञ्चारमाध्यमका अनुसार ठूलो परिमाणमा भौतिक सम्पत्ति जलेर नष्ट भए ता पनि दुईजनालाई सामान्य चोट पटक लागेको बाहेक अन्य मानवीय क्षति भएको छैन ।
आगलागी अन्यत्र पनि फैलिने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय अधिकारीहरुले वरपरका दुईसय त्रिहत्तर भवन तत्कालै खाली गरी मानिसहरु बाहिर निस्कन सूचना जारी गरेका छन् ।
इतोइगावा उपनगर राजधानी टोक्योबाट दुईसय साठ्ठी किलोमिटर उत्तर–पश्चिममा पर्छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल