काबुल ६ पुस । अफगान सेना, प्रहरी र गुप्तचर निकायको अधिकारीको सहभागीतामा तालिवानी आतङ्ककारीविरुद्ध गरेको कारबाहीका क्रममा करिब ४४ आतङ्ककारी मारिएका छन् ।
गत २४ घण्टाभित्र तालिवान आतङ्ककारी लुकेर बसेका इलाका लक्षित यस कारबाहीमा ४४ आतङ्ककारी मारिएको अफगान रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
अफगानिस्तनको ३४ वटा प्रान्तमध्ये नौ वटा प्रान्तमा गरिएको यस कारबाहीको क्रममा अन्य ४३ जनाभन्दा बढी आतङ्ककारी घाइते भएका छन् ।
अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्डको प्रान्तीय राजधानी लसकार घामा गरिएको संयुक्त कारबाहीका १९ तालिवान आतङ्ककारी मारिनुका साथै अन्य १५ घाइते भएका थिए ।
त्यसैगरी उरुज्गान प्रान्तमा भएको सैनिक कारबाहीको क्रममा १० आतङ्ककारी मारिनुका साथै अन्य १२ जना घाइते भएका थिए । अफगान सरकारसँग लडाई गरिरेहका तालिवान आतङ्ककारी समूहले यस कारबाहीको विषयमा केही टिप्पणी गरेका छैनन् ।
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
चलचित्र ‘डिजिटाइजेसन’का लागि बोर्डद्वारा आवेदन आह्वान
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए