अङ्कारा (टर्की), ५ पुस । रसियाको १८ सदस्यीय अनुसन्धान टोली टर्कीका लागि रसियाली राजदूत एन्डे« कार्लोभको हत्याबारे टर्कीसँग समन्वय गरी छानबिन गर्न मङ्गलबार अङ्कारा आइपुगेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
रसियाली टोलीमा एक अभियोजनकर्ता र दुई नागरिक रक्षा सम्बद्ध अधिकारी रहेको र टर्कीका अधिकारीसँग समन्वय गरी घटनाको अनुसन्धान गरिने यहाँको निजी एनटीभी च्यानलले जनाएको छ ।
अङ्काराको एसेनबोग विमानस्थलबाट मङ्गलबार दिउँसो टर्कीका लागि रसियाली राजदूत कार्लोभको मृत शरीरलाई आवश्यक प्रक्रियापछि मस्को लगिने कार्यक्रम रहेको रसियाली अधिकारीले बताएका छन् ।
यसैबीच टर्कीले राजदूत कार्लोभको हत्या प्रकरणमा संलग्न रहेको आशङ्कामा मङ्गलबारसम्म सात जनालाई सुरक्षा नियन्त्रणमा लिएको छ । कार्लोभको पिठ्युमा २२–बर्षिय टर्कीका प्रहरी मेभलुट मर्ट एल्टिनटासले नौ राउण्ड गोली हानी सोमबार हत्या गरेका थिए ।
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च