अङ्कारा (टर्की), ५ पुस । रसियाको १८ सदस्यीय अनुसन्धान टोली टर्कीका लागि रसियाली राजदूत एन्डे« कार्लोभको हत्याबारे टर्कीसँग समन्वय गरी छानबिन गर्न मङ्गलबार अङ्कारा आइपुगेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
रसियाली टोलीमा एक अभियोजनकर्ता र दुई नागरिक रक्षा सम्बद्ध अधिकारी रहेको र टर्कीका अधिकारीसँग समन्वय गरी घटनाको अनुसन्धान गरिने यहाँको निजी एनटीभी च्यानलले जनाएको छ ।
अङ्काराको एसेनबोग विमानस्थलबाट मङ्गलबार दिउँसो टर्कीका लागि रसियाली राजदूत कार्लोभको मृत शरीरलाई आवश्यक प्रक्रियापछि मस्को लगिने कार्यक्रम रहेको रसियाली अधिकारीले बताएका छन् ।
यसैबीच टर्कीले राजदूत कार्लोभको हत्या प्रकरणमा संलग्न रहेको आशङ्कामा मङ्गलबारसम्म सात जनालाई सुरक्षा नियन्त्रणमा लिएको छ । कार्लोभको पिठ्युमा २२–बर्षिय टर्कीका प्रहरी मेभलुट मर्ट एल्टिनटासले नौ राउण्ड गोली हानी सोमबार हत्या गरेका थिए ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?