जेनेभा (स्वीट्जरल्यान्ड), ५ पुस । भूमध्यसागरिय क्षेत्रका आप्रवासीका लागि सन् २०१६ यसअघिका वर्षका तुलनामा झन् घातक भएको शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले मङ्गलबार जनाएको छ ।
आईओएमले भूमध्यसागरिय बाटो भएर युरोपेली मुलुक पुग्ने प्रयासमा यस वर्ष चार हजार ९०१ आप्रवासी तथा शरणार्थीले ज्यान गुमाएका जनाएको छ ।
सन् २०१५ मा यही बाटो युरोप पुग्ने प्रयासमा तीन हजार ७७७ व्यक्तिले ज्यान गुमाएका थिए । सन् २०१५ मा प्रति २६७ व्यक्तिले युरोप पुगन गरेको प्रयासमा एक जनाले ज्यान गुमाउनु परेको आईओएमको तथ्याङ्क थियो ।
आईओएमको पछिल्लो तथ्याङ्कअनुसार आप्रवासी तथा शरणार्थीको युरोप जाने क्रममा भूमध्यसागरिय क्षेत्रको उत्तर अफ्रिकी बाटो हुँदै इटाली पुग्ने क्रममा सबैभन्दा बढी (चार हजार ४०३ ) जनाको ज्यान गएको थियो ।
त्यसैगरी यस वर्ष पूर्वी भूमध्यसागरीय बाटो, जसले टर्की र ग्रीसलाई छुट्टाउँछ, मा ४२९ जना आप्रवासी तथा शरणार्थीको मृत्यु भएको छ । बाँकी सबै पश्चिमी भूमध्यसागरीय बाटोमा भएका दुर्घटनामा मृत्यु भएका बताइएको छ ।
गत वर्षको तुलनामा यस क्षेत्रबाट युरोप पुग्ने शरणार्थीको सङ्ख्यामा उल्लेख्य कमी आएको भेटिए पनि असुरक्षित यात्राका कारण ज्यान गुमाउनेको सङ्ख्या भने बढी देखिएको छ ।
सन् २०१५ मा युरोप प्रवेश गर्ने आप्रवासीको सङ्ख्या १० लाखभन्दा बढी रहेकोमा सन् २०१६ को अहिलेसम्ममा भने सो सङ्ख्या तीन लाख ५८ हजार १५६ पुगेको आईओएमले बताएको छ ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपालमा सवा ९ लाख मतदाता थपिए