मस्को (रसिया), ५ पुस । रसियाको साइबेरियाली सहर इरकुस्कमा मदिराका रूपमा ‘वाथलोसन’ पिएपछि मृत्यु हुने व्यक्तिको सङ्ख्या मङ्गलबार ५३ पुगेको छ । यस वाथलोसन पिएर अन्य २६ जना विरामी भएका र अझै अस्पतालमा रहेको रसियाको समाचार संस्था टीएएसएसले जनाएको छ ।
यसअघि सोमबार रसियाका सञ्चार संस्थाहरुले २१ जनाको मात्रै मृत्यु भएको बताएका थिए ।
मदिराका रुपमा सेवन गरिएको यस विषाक्त पदार्थबाट ठुलो संख्यामा नागरिकहरुको मृत्यु भएको प्रति राष्ट्रपति भ्यादिमिर पुटिनले गहिरो दुःख व्यक्त गर्नुभएको उहाँका प्रवक्ता डिमित्री पेस्कोभले जानकारी दिनुभएको छ ।
राष्ट्रपति पुटिनले घटनाका बारेमा विस्तृत जानकारी लिइरहनु भएको पनि उहाँले बताउनुभयो ।
प्रधानमन्त्री दिमित्री मेदभेदेभले पनि सोमबार नै मन्त्रीपरिषद् बैठक बोलाएर सरोकारवाला निकायलाई घटनाका बारेमा अध्ययन गर्न र गलत कामलाई तत्काल बन्द गर्न तथा दोषीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।
स्थानीय अधिकारीले इरकुस्कमा आपतकालीन अवस्था घोषणागरी थप मानिसको मृत्यु नहोस् भनी मदिराको रूपमा लिइने ‘वाथलोसन’ व्यापारीमाथि निगरानी बढाएका छन् ।
स्थानीय प्रशासनले लोसनको बिक्रीमा संलग्न भएको आशङ्कामा कैयौँ मानिसलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
इरकुस्कको क्षेत्रीय प्रशासनले जनाएअनुसार मृतक सबैमा मिथानोल नामक विषाक्त पदार्थ भेटिएको र यो वाथलोसन पिएका कारण मृत्यु भएको जनाएको छ ।
लोसनको बोटलमा उक्त पदार्थ बाहिरी प्रयोगका लागि मात्रै प्रयोग गर्न सकिने स्पष्ट सङ्केत भए पनि स्थानीयवासीले मदिराको सस्तो विकल्पका रूपमा यसलाई पिउने गरेको पाइएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल