मस्को (रसिया), ५ पुस । रसियाको साइबेरियाली सहर इरकुस्कमा मदिराका रूपमा ‘वाथलोसन’ पिएपछि मृत्यु हुने व्यक्तिको सङ्ख्या मङ्गलबार ५३ पुगेको छ । यस वाथलोसन पिएर अन्य २६ जना विरामी भएका र अझै अस्पतालमा रहेको रसियाको समाचार संस्था टीएएसएसले जनाएको छ ।
यसअघि सोमबार रसियाका सञ्चार संस्थाहरुले २१ जनाको मात्रै मृत्यु भएको बताएका थिए ।
मदिराका रुपमा सेवन गरिएको यस विषाक्त पदार्थबाट ठुलो संख्यामा नागरिकहरुको मृत्यु भएको प्रति राष्ट्रपति भ्यादिमिर पुटिनले गहिरो दुःख व्यक्त गर्नुभएको उहाँका प्रवक्ता डिमित्री पेस्कोभले जानकारी दिनुभएको छ ।
राष्ट्रपति पुटिनले घटनाका बारेमा विस्तृत जानकारी लिइरहनु भएको पनि उहाँले बताउनुभयो ।
प्रधानमन्त्री दिमित्री मेदभेदेभले पनि सोमबार नै मन्त्रीपरिषद् बैठक बोलाएर सरोकारवाला निकायलाई घटनाका बारेमा अध्ययन गर्न र गलत कामलाई तत्काल बन्द गर्न तथा दोषीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।
स्थानीय अधिकारीले इरकुस्कमा आपतकालीन अवस्था घोषणागरी थप मानिसको मृत्यु नहोस् भनी मदिराको रूपमा लिइने ‘वाथलोसन’ व्यापारीमाथि निगरानी बढाएका छन् ।
स्थानीय प्रशासनले लोसनको बिक्रीमा संलग्न भएको आशङ्कामा कैयौँ मानिसलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
इरकुस्कको क्षेत्रीय प्रशासनले जनाएअनुसार मृतक सबैमा मिथानोल नामक विषाक्त पदार्थ भेटिएको र यो वाथलोसन पिएका कारण मृत्यु भएको जनाएको छ ।
लोसनको बोटलमा उक्त पदार्थ बाहिरी प्रयोगका लागि मात्रै प्रयोग गर्न सकिने स्पष्ट सङ्केत भए पनि स्थानीयवासीले मदिराको सस्तो विकल्पका रूपमा यसलाई पिउने गरेको पाइएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?