
लन्डन । जर्मनीको बर्लिनस्थित व्यस्त क्रिसमस मार्केटमा लरी
कुंदाएर सोमबार ९ जनाको हत्या गरिएको छ । घट्नामा ५० बढि घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घट्ना केन्द्रिय चार्लोटनबर्ग जिल्लास्थित ब्रेइटसचिडप्लाजमा भएको हो ।
प्रहरीले एक जनालाई लरी चालकको आशंकामा पक्राउ गरेको छ भने सह चालक पोलिस नागरिक दुर्घटनामा मारिएका छन् । प्रहरीले उक्त घट्ना आकष्मिक थियो वा नियोजित भनेर अनुसन्धान गरिरहेको छ । उक्त लरी (ट्रक) पोलिस कम्पनीको भएको र त्यसलाई चोरेर ल्याइएको मिडिया रिपोर्टले जनाएका छन् ।
जर्मनीका गृहमन्त्री थोमस मेइजिरले घट्नालाई जानी जानी गराइएको टिप्पणी गरेका छन् । घट्नाको विश्वभरबाट निन्दा भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घट्नालाई आतंककारी आक्रमण भनेका छन् । फ्रान्सेली राष्ट्रपति फ्रान्सिस ओलन्डले जर्मन चान्सलर मर्केललाई एक शोक सन्देश पठाउंदै आफ्नो ऐक्यवद्धता र सहानुभूति प्रकट गरेका छन् ।
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च