
पेरिस, ४ पुस । सन् २०१६ को सुरुदेखि हालसम्म कम्तीमा ५७ जना पत्रकारले आफ्नो कामको सिलसिलामा ज्यान गुमाएका “रिपोर्टर्स् बिदाउट बोर्डस”ले सोमबार जानकारी दिएको छ ।
यसरी अकालमै ज्यान गुमाउनु परेका पत्रकारको संख्यामा सिरियामा मात्रै १९ जना छन्, भने अफगानिस्तानमा १० जना, मेक्सिकोमा नौ जना र इराकमा पाँचजना भएका विश्व सञ्चार स्वतन्त्रता समूह (प्रेस फ्रिड्म ग्रुप) ले जानकारी दिएको छ । मारिएका पत्रकार प्रायःजसो स्थानीय नै भएका बताइएको छ ।
सन् २०१५ मा ६७ जना पत्रकार मारिएका तुलनामा भने २०१६ मा यो सङ्ख्या केही कम भएको पनि सो समूहले जानकारी दिएको छ । विशेषगरी सिरिया, इराक, लिबिया, यमन, अफगानिस्तान र बुरुन्डी जस्ता सदाकाल युद्धग्रस्त र समाचार सङ्कलन गर्नका लागि अत्यन्तै जोखिमयुक्त देशमा गएका पत्रकार त्यहाँबाट पलायन भएका हुनाले पनि यो सङ्ख्यामा कमी आएको सो समूहले बताएको छ ।
त्यस्तै आठजना सञ्चारकर्मी र नौजना इन्टरनेट सूचना समसामयिकिकरण गर्ने व्यवसायी (ब्लगर) हरु पनि सन् २०१५ मै मारिएका छन् ।
“जहाँ दण्डहिनताले राज्य गरिरहेको हुन्छ, त्यहाँबाट पत्रकारहरु फिर्ता हुनुपर्छ र त्यहीँ नै सत्य समाचार र सूचनामाथि काला छिद्रहरु छरपष्ट भइरहेका हुन्छन्” रिपोर्टर्स् बिदाउट बोर्डर्सले आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
अफगानिस्तानमा मारिएका १० पत्रकार उनको व्यवसायलाई लक्षित गरी मारिएका थिए । सन् २०१६ को जनवरीमा निजी टेलिभिजन च्यानल टोलोले भाडामा लिई प्रयोग गरेको मिनी बसमा आत्मघाती आक्रमणमा तीन महिलासहित सात व्यक्ति मारिएका थिए । यस आक्रमणको जिम्मेवारी तालिवान आतङ्ककारी समूहले लिएको थियो ।
यमनमा सरकारी सेना र साउदी अरेबियाको समर्थन प्राप्त सशस्त्र बलले हुथी विद्रोहीविरुद्ध गरेको युद्धको कारण सन् २०१५ देखि सात हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने अर्को तर्फ पाँच पत्रकारको दिनदाहाडै हत्या गरिनाले पत्रकारले यमनलाई एक “कालो क्षेत्र– ब्ल्याक स्पट” का रुपमा हेर्छन् ।
पत्रकाको संरक्षणका लागि विशेष सुरक्षा प्रतिनिधिको बन्दोबस्त गरिदिनसंयुक्त राष्ट्रसङ्घका नवनियुक्त महासचिव आन्टोनियो गुटेर्रेससँग पे्रस फ्रिड्म ग्रुपले आह्वान गरेको छ ।
 महिला फुटबल नेपालसँग भारत पराजित
महिला फुटबल नेपालसँग भारत पराजित प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन