
लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए, यूके) ले आगामी साता हुन गइरहेको च्यारिटी भव्य बनाउने तयारी गरेको छ ।
हिजो आइतबार सम्पन्न कार्यसमिति बैठकले नेपाल हाउसका लागि आर्थिक सहयोग जुटाउन आगामी २६ डिसेम्बर अल्डरसटमा हुन लागेको च्यारिटी सफल बनाउन विस्तृत कार्यक्रम तय गरेको हो ।
अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा भएको उक्त बैठकमा च्यारिटी भव्य बनाउन दिपक श्रेष्ठ, ललित न्यौपाने, सुरज मास्के, ललित गुरुङ, सालिक सापकोटा र फडिन्द्र भट्टराईलाईका लागि परिचालन गर्ने निर्णय भएको छ । कोषाध्यक्ष दीपक श्रेष्ठले अन्तमा संकलित रकमबारे घोषणा गर्ने कार्यक्रम छ ।
त्यसैगरि, शान्ति थापा कुंवर, सुशिला राई, मन्जु भण्डारी र छविमाया पुनलाई खादा र अतिथी सत्कारमा खटाइएको छ भने प्रोजेक्टर लगायत अन्य कार्यक्रम व्यवस्थापन मिलन गुरुङलाई जिम्मा दिइएको छ ।
बैठकले सदस्यता नवीकरण र नयां वितरण गर्ने निर्णय भएको छ । नेपाली दूतावासमा सदस्यता फाराम वितरणको व्यवस्था गर्ने निर्णय समेत भएको छ ।
बैठकले संघको मुखपत्र एनआरएन भ्वाइस २६ डिसेम्बरकै दिन बिमोचन गर्ने निर्णय गरेको छ । त्यसै गरि, बैठकले क्षेत्रीय शाखाहरु स्कटल्याण्ड, नर्दन आयरल्याण्ड, वेल्स र मिडल्याण्डमा विस्तार गर्ने जिम्मा उपाध्यक्ष दासु पाण्डेलाई दिने निर्णय गरेको छ ।
बैठकले आर्थिक समितिमा एक जना सदस्य स्मृति श्रेष्ठ निरौलालाई थप गर्ने र सिरिसेको हिसाव मिलान गर्ने निर्णय गरेको सहमहासचिव अर्जुन कटुवालले जानकारी दिए ।
बैठकले संघको वेवसाइट अपडेट गर्ने, कार्यसमितिका सबै पदाधिकारीहरुसंग एकसय पाउण्ड र मनोनित सदस्यहरुसंग रकम असुल गर्ने निर्णय गरेको छ ।
अर्को कार्यसमिति बैठक फेब्रुअरीमा प्लमस्टिडमा बस्ने निर्णय भएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित