
लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए, यूके) ले आगामी साता हुन गइरहेको च्यारिटी भव्य बनाउने तयारी गरेको छ ।
हिजो आइतबार सम्पन्न कार्यसमिति बैठकले नेपाल हाउसका लागि आर्थिक सहयोग जुटाउन आगामी २६ डिसेम्बर अल्डरसटमा हुन लागेको च्यारिटी सफल बनाउन विस्तृत कार्यक्रम तय गरेको हो ।
अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा भएको उक्त बैठकमा च्यारिटी भव्य बनाउन दिपक श्रेष्ठ, ललित न्यौपाने, सुरज मास्के, ललित गुरुङ, सालिक सापकोटा र फडिन्द्र भट्टराईलाईका लागि परिचालन गर्ने निर्णय भएको छ । कोषाध्यक्ष दीपक श्रेष्ठले अन्तमा संकलित रकमबारे घोषणा गर्ने कार्यक्रम छ ।
त्यसैगरि, शान्ति थापा कुंवर, सुशिला राई, मन्जु भण्डारी र छविमाया पुनलाई खादा र अतिथी सत्कारमा खटाइएको छ भने प्रोजेक्टर लगायत अन्य कार्यक्रम व्यवस्थापन मिलन गुरुङलाई जिम्मा दिइएको छ ।
बैठकले सदस्यता नवीकरण र नयां वितरण गर्ने निर्णय भएको छ । नेपाली दूतावासमा सदस्यता फाराम वितरणको व्यवस्था गर्ने निर्णय समेत भएको छ ।
बैठकले संघको मुखपत्र एनआरएन भ्वाइस २६ डिसेम्बरकै दिन बिमोचन गर्ने निर्णय गरेको छ । त्यसै गरि, बैठकले क्षेत्रीय शाखाहरु स्कटल्याण्ड, नर्दन आयरल्याण्ड, वेल्स र मिडल्याण्डमा विस्तार गर्ने जिम्मा उपाध्यक्ष दासु पाण्डेलाई दिने निर्णय गरेको छ ।
बैठकले आर्थिक समितिमा एक जना सदस्य स्मृति श्रेष्ठ निरौलालाई थप गर्ने र सिरिसेको हिसाव मिलान गर्ने निर्णय गरेको सहमहासचिव अर्जुन कटुवालले जानकारी दिए ।
बैठकले संघको वेवसाइट अपडेट गर्ने, कार्यसमितिका सबै पदाधिकारीहरुसंग एकसय पाउण्ड र मनोनित सदस्यहरुसंग रकम असुल गर्ने निर्णय गरेको छ ।
अर्को कार्यसमिति बैठक फेब्रुअरीमा प्लमस्टिडमा बस्ने निर्णय भएको छ ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]