एडेन, ३ पुस । यमनको दक्षिणी सहर एडेनमा आइतबार आफ्नो तलव बुझ्न सैनिक आधार शिविरमा जम्ममा भएको सुरक्षाकर्मीको एक समूहलाई लक्षित गरी गराइएको आत्मघाती बम हमलामा परी मृत्यु हुनेका सङ्ख्या ५२ पुगेको भएको सैन्य र स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।
अल एरिस जिल्लामा अवस्थित अल सव्लाबा शिविरमा जम्मा भएका सैनिकहरूको बीचमा घुसेर आत्मघाती आक्रमणकारीले विस्फोट गराएको जनाइएको छ ।
आक्रमणमा परी अन्य ५० जनाभन्दा बढी मानिस घाइते भएका स्रोतले जानकारी दिएको छ । केही घाइतेहरूको अवस्था अत्यन्तै गम्भीर देखिएको भन्दै मृतक सङ्ख्यामा अझै केही सङ्ख्या बढ्नसक्ने बताइएको छ ।
एडेनमै इस्लामिक स्टेट (आइएस) जिहादी समूहले जिम्मा लिएको आत्मघाती आक्रमणमा ४८ जनाको मृत्यु हुनुको साथै अन्य २९ जना घाइते भएको एक घटनाको आठ दिनपछि पुनः सैनिक लक्षित अर्को आत्मघाती बम हमला भएको हो ।
यमनी अधिकारीहरूले यस युद्धग्रस्त देशको दक्षिणी तथा पूर्वी क्षेत्रमा गतिविधि बढाइरहेका जिहादीका विरुद्ध तीव्र कारबाही सुरु गरेका छन् ।
सरकार र यमनको हुथी विद्रोहीबीचको द्वन्द्वको कारण आइएस र अल कायदा विद्रोहीहरूले फाइदा उठाइरहेका छन् । साउदी अरेबियासँग आबद्ध गठबन्धन सेनाले सन् २०१५ को मार्च महिनाबाट हुथी विद्रोही विरुद्ध कारबाही जारी राखेका छन् ।
यमनमा जारी द्वन्द्वमा परी सात हजारभन्दा बढी व्यक्ति मारिएका छन् र यसमा अधिकांश सर्वसाधारण नागरिक रहेका छन् ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल