लन्डन । ‘संसारमा जति प्रगति भए पनि मानिसको दुःखमा परिवर्तन आएको छैन् । मान्छे ढुंगे युगमा पनि दुःखी थियो अहिले आधुनिक युगमा पनि दुःखी नै छ । सबभन्दा सम्वृद्ध भनिएका देशहरु जापान र अमेरिकामा आत्महत्या सबभन्दा धेरै छ । यसले पुष्टि गर्छ भौतिक सम्पन्नताले मात्र मानिसलाई खुसी दि“दैन् ।’ शनिबार सांझ लन्डनमा आफ्नो कृति ‘निर्वाण’ माथि भएको अन्तरक्रियामा लेखक एवं कान्तिपुर दैनिकका पत्रकार घनश्याम खड्का यसो भन्दै थिए ।
अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, बेलायतले आयोजना गरेको उक्त साहित्यिक सन्ध्यामा उनले पुस्तकबारे थप प्रष्टयाए, ‘दुःखबाट मुक्ती बाहिरी प्रगतिले मात्र पुग्दैन । यो आन्तरिक चेतनाको कुरा हो । सत्यलाई हेर्ने र अनुभव गर्ने अवस्थास“ग यो जोडिएको छ । निर्वाण दुःखबाट सदाकालका लागि छुटकारा पाउने त्यही अवस्थाको नाम हो ।’
लन्डनमा बिरलै हुने यस्तो कार्यक्रमका प्रमुख अतिथी थिए समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल र विशेष अतिथी बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली । सिमित तर आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेका श्रोतामाझ मुख्य आकर्षण बनेका खड्काकै भनाइमा पूर्वीय सभ्यताले हजारौं वर्षदेखि दुःख साक्षात्कार गर्दै आएको थियो । पश्चिमको आधुनिक मनोविज्ञानले पूर्वको यही खोजलाई अहिले दुःख मुक्तिको बाटो मानेर अनेक उपचार विधिहरु अवलम्बन गरेको छ । त्यसैलाई आम मानिसले बुझ्ने गरी पुस्तकमा उधिन्ने प्रयासमा निर्वाणको जन्म भएको हो ।
निर्वाण उपन्यासको समिक्षा गर्दै कार्यक्रमका सभापति तथा प्रतिष्ठान अध्यक्ष साहित्यकार विकलचन्द्र आचार्यले कृतिमा जीवन दर्शनको गहिरो ज्ञान सटिक र रोमाञ्चकारी तवरबाट प्रस्तुत गरिएको बताए । उनले आधुनिक समयमा अध्यात्मिक चिन्तन अभावले धेरै मानिस भौतिक सुख सुविधा जस्तो अनावश्यक महत्वाकांक्षा लिएर रुमल्लिएकाले उनीहरु बढी असन्तुष्टि र चिन्तामा छटपटाइरहेको उल्लेख गरे । निर्वाण जस्तो गहिरो विषयमा कृति लेख्नु लेखकको समर्पण भएको चर्चा गर्दै आचार्यले उपन्यास भित्र प्रेम र दर्शनलाई रोमाञ्चकारी तवरले पस्कने खड्कालाई निर्वाणको दोश्रो संस्करण लेख्न पनि सुझाए ।
प्रतिष्ठानकी महासचिव जया राईले सञ्चालन गरेको उक्त कार्यक्रममा पुरण थापाले पुस्तकले जीवनलाई रुपान्तरण गर्न सहयोग पुग्ने धारणा राखे भने कार्यक्रमका प्रमुख अतिथी डा. धितालले जीवनपयोगी यस्ता कृतिले समाजलाई मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे ।
प्रतिष्ठानका कोषाध्यक्ष गोपी सापकोटाले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रममा लेखक खड्का, नरेश काङमाङ राई, आचार्य लगायतले कविता पनि सुनाएका थिए ।
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई