लण्डन । नेपाल अध्ययन केन्द्र बेलायत (सिएनएसयुके)ले यसै बर्ष स्थापना गरेको मोतिलाल सिंह स्नातोकत्तर शोध छात्रवृत्ति त्रिभुवन विश्वविद्यालयमा सोसल ओर्क विषयमा अध्ययन गर्ने छात्रा श्रुती श्रेष्ठलाई प्रदान गरिएको छ । भूतपुर्व गोर्खाको बसाइँसराइ, बुढ्यौली र मानसिक स्वास्थ्यसम्बन्धी अध्ययनगरी शोधपत्र तयार गर्न उनलाई यो छात्रवृत्ति प्रदान गरिएको हो ।
उक्त छात्रवृत्तिमा रू ५०,००० नगद साथै स्नातकोत्तर तहको गुणस्तरीय शोधपत्र लेख्न नेपाल अध्ययन केन्द्रको तर्फबाट प्राज्ञिक परामर्शसमेत समावेश छ ।
यलमाया केन्द्र, पाटन ढोकामा आयोजित एक प्राज्ञिक समारोहमा केन्द्रका सल्लाहकार अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डेविड गेल्नरले उक्त छात्रवृत्ति रकम र प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । केन्द्रको तर्फबाट उक्त छात्रवृत्तिको संयोजन गर्दै आउनु भएका डा. कृष्ण अधिकारीले उक्त छात्रवृत्ति, छनोट प्रक्रिया र मोतिलाल सिंहको बारेमा प्रकाश पार्नु भएको थियो ।
विद्यार्थीहरूमा मौलिक र गुणस्तरीय अनुसन्धान गर्ने र शोधपत्र लेख्ने क्षमता विकास होस् र नेपालका प्राज्ञिक संस्थाहरूबाट हुने अनुसन्धानको गुणस्तर अभिवृद्धिमा प्रेरणा मिल्न सकोस् भनेर यो छात्रवृत्ति नेपाली विश्वविधालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीको लागि मात्र खुला गरिएको थियो ।
नेपाल-बेलायत सम्बन्ध स्थापना भएको २०० बर्ष पूरा भएको उपलक्ष्यमा मोतीलाल सिंहको नाममा यो छात्रवृत्ति स्थापना भएको हो । डा. कृष्ण अधिकारीद्वारा लिखित मोतिलाल सिंहको बारेमा अनुसन्धानात्मक तथा अनुवादित तथा केन्द्रबाट प्रकाशित पुस्तकको बिक्रीबाट उठेको सम्पूर्ण रकमबाट उक्त छात्रवृत्ति स्थापना गरिएको हो ।
बि.सं. १८७१/०७२ (सन १८१४) मा नेपाल-अङ्ग्रेज युद्धमा लडेका नेपाली योद्धा मोतीलाल सिंह एक ऐतिहासिक व्यक्तित्व थिए । उक्त युद्धमा घाइते भइ इस्ट इण्डिया कम्पनीद्वारा युद्धबन्दी बनाएका उनी पछि अङ्ग्रेजबाट स्थापित पहिलो गोर्खा फौजमा भर्ति गरिएका सिपाहीमध्येका एक थिए । बि.सं. १९०६ मा जङ्गबहादुर राणालाई बेलायतमै भेटेका उनी बेलायत पुग्ने पहिलो नेपाली हुन् | लण्डनबाट प्रकाशित हुने न्यू मन्थली म्यागजिन एन्ड हुयुमरिस्टको जुलाई १८५० को अंकमा१८ पेज लामो लेख छपाएका मोतिलाल हालसम्म थाहा भएसम्म अङ्ग्रेजी व्यवस्थित लेख छपाउने पहिलो नेपाली हुन् ।
सन् २००७ मा दर्ता बेलायतमा दर्ता भएको नेपाल अध्ययन केन्द्रले नेपालीको बारेमा ज्ञान अभिवृद्धिको लक्ष्य राखी निरन्तर अनुसन्धानात्मक र प्राज्ञिक कृयाकलाप गर्दै आएको छ ।
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई