लण्डन । नेपाल अध्ययन केन्द्र बेलायत (सिएनएसयुके)ले यसै बर्ष स्थापना गरेको मोतिलाल सिंह स्नातोकत्तर शोध छात्रवृत्ति त्रिभुवन विश्वविद्यालयमा सोसल ओर्क विषयमा अध्ययन गर्ने छात्रा श्रुती श्रेष्ठलाई प्रदान गरिएको छ । भूतपुर्व गोर्खाको बसाइँसराइ, बुढ्यौली र मानसिक स्वास्थ्यसम्बन्धी अध्ययनगरी शोधपत्र तयार गर्न उनलाई यो छात्रवृत्ति प्रदान गरिएको हो ।
उक्त छात्रवृत्तिमा रू ५०,००० नगद साथै स्नातकोत्तर तहको गुणस्तरीय शोधपत्र लेख्न नेपाल अध्ययन केन्द्रको तर्फबाट प्राज्ञिक परामर्शसमेत समावेश छ ।
यलमाया केन्द्र, पाटन ढोकामा आयोजित एक प्राज्ञिक समारोहमा केन्द्रका सल्लाहकार अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डेविड गेल्नरले उक्त छात्रवृत्ति रकम र प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो । केन्द्रको तर्फबाट उक्त छात्रवृत्तिको संयोजन गर्दै आउनु भएका डा. कृष्ण अधिकारीले उक्त छात्रवृत्ति, छनोट प्रक्रिया र मोतिलाल सिंहको बारेमा प्रकाश पार्नु भएको थियो ।
विद्यार्थीहरूमा मौलिक र गुणस्तरीय अनुसन्धान गर्ने र शोधपत्र लेख्ने क्षमता विकास होस् र नेपालका प्राज्ञिक संस्थाहरूबाट हुने अनुसन्धानको गुणस्तर अभिवृद्धिमा प्रेरणा मिल्न सकोस् भनेर यो छात्रवृत्ति नेपाली विश्वविधालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीको लागि मात्र खुला गरिएको थियो ।
नेपाल-बेलायत सम्बन्ध स्थापना भएको २०० बर्ष पूरा भएको उपलक्ष्यमा मोतीलाल सिंहको नाममा यो छात्रवृत्ति स्थापना भएको हो । डा. कृष्ण अधिकारीद्वारा लिखित मोतिलाल सिंहको बारेमा अनुसन्धानात्मक तथा अनुवादित तथा केन्द्रबाट प्रकाशित पुस्तकको बिक्रीबाट उठेको सम्पूर्ण रकमबाट उक्त छात्रवृत्ति स्थापना गरिएको हो ।
बि.सं. १८७१/०७२ (सन १८१४) मा नेपाल-अङ्ग्रेज युद्धमा लडेका नेपाली योद्धा मोतीलाल सिंह एक ऐतिहासिक व्यक्तित्व थिए । उक्त युद्धमा घाइते भइ इस्ट इण्डिया कम्पनीद्वारा युद्धबन्दी बनाएका उनी पछि अङ्ग्रेजबाट स्थापित पहिलो गोर्खा फौजमा भर्ति गरिएका सिपाहीमध्येका एक थिए । बि.सं. १९०६ मा जङ्गबहादुर राणालाई बेलायतमै भेटेका उनी बेलायत पुग्ने पहिलो नेपाली हुन् | लण्डनबाट प्रकाशित हुने न्यू मन्थली म्यागजिन एन्ड हुयुमरिस्टको जुलाई १८५० को अंकमा१८ पेज लामो लेख छपाएका मोतिलाल हालसम्म थाहा भएसम्म अङ्ग्रेजी व्यवस्थित लेख छपाउने पहिलो नेपाली हुन् ।
सन् २००७ मा दर्ता बेलायतमा दर्ता भएको नेपाल अध्ययन केन्द्रले नेपालीको बारेमा ज्ञान अभिवृद्धिको लक्ष्य राखी निरन्तर अनुसन्धानात्मक र प्राज्ञिक कृयाकलाप गर्दै आएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित