बेरुत (लेबनान), २८ मङ्सिर । सिरियामा जारी गृहयुद्धका कारण मृत्यु हुनेको सङ्ख्या तीन लाख १२ हजार पुगेको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको छ ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कमा युद्धका कारण तीन लाख १२ हजार व्यक्तिको मृत्यु भएको र यसमध्ये ९० हजार सर्वसाधारणको मृत्यु भएको जनाइएको छ ।
सन् २०११ मा यहाँको सरकारविरोधी आन्दोलन सुरु भएपछि करिब १६ हजार बालबालिकासहित ५३ हजार विद्रोहीको मृत्यु भएको छ भने एक लाख १० हजार सरकार पक्षघर लडाकूले पनि ज्यान गुमाएका छन् । मृत्यु भएका सरकार पक्षधर लडाकूमध्ये ६० हजार सिरियाली सेना भएको उक्त संस्थाले जनाएको छ ।
त्यसैगरी द्वन्द्वमा दशौँ हजार सिरियाली मिलिसिया र कैयौँ लेबनानी हेजबुल्लाह आन्दोलनका सदस्य तथा विदेशी लडाकूको पनि सिरियाको द्वन्द्वमा परी विगत पाँच वर्षको अन्तरालमा मृत्यु भएको छ ।
संस्थाले करिब ५५ हजार जिहादी समुदायका लडाकूको मृत्यु भएकोमा अधिकांश इस्लामिक स्टेट (आईएस) समूह वा पूर्व अल कायदा समूहमा आवद्ध फतेह अलसाम फ्रन्टका लडाकू रहेका छन् भने केही अन्य साना अतिवादी समूहका सदस्यहरु रहेका जनाएको छ ।
संस्थाले करिब तीन हजार ६८३ जना मृतकको परिचय खुल्न नसकेको बताएको छ ।
अलेप्पोमा असद सेना सफल
मङ्गलबार सिरियाली राष्ट्रपति बसर अल असदको सरकार पक्षधर सेनाले विद्रोहीको आश्रयस्थल रहँदै आएको प्राचीन सहर अलेप्पोको करिब सम्पूर्ण भाग आफ्नो नियन्त्रणमा लिन सफल भएको छ ।
यो राष्ट्रपति असदको युद्धका क्रममा भएको सबैभन्दा ठूलो उपलब्धिका रुपमा लिइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा