
टोरोन्टो । एनआरएनए केन्द्रिय उपाध्यक्ष भवन भट्टसंग क्यानाडावासी नेपालीले अन्तरक्रिया गरेका छन् । एनआरएनए क्यानाडाले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा उपाध्यक्ष भट्टले भूकम्पपछि पुनर्निर्माणमा एनआरएनको प्राथमिकता रहेको बताए । उनले आफ्नो स्वागत तथा सम्मान गरेकामा आयोजकप्रति आभार समेत व्यक्त गरे । व्यापार व्यवसाय पर्वाह नगरि आफ्नो अमुल्य समय मातृभूमिको विकास तथा समाजसेवामा खर्चिएका भट्ट अमेरिका, क्यानाडा हुंदै जापान जाने क्रममा कार्यक्रममा सहभागी भएका थिए ।
एनआरएनए क्यानाडाका महासचिव सुमन लम्सालले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुले आफ्नो परिचय तथा छोटो मन्तव्य राखेका थिए ।
सो क्रममा माउन्ट एभरेष्ट लायन्स क्लबका अध्यक्ष मित्र काफ्लेले भट्टको स्वागत गर्दै क्रिसमस र नयां वर्षको अग्रिम शुभकामना व्यक्त गरे । काफ्लेले विदेशमा छरिएर रहेका नेपाली नेपालीबीच एकता हुन आवश्यक रहेको बताए । नकारात्मक सोच त्यागेर सकारात्मक सोचका साथ नेपाली समाज मातृभूमिको विकासमा अघि बढ्नुपर्ने उनको धारणा थियो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल