
टोरोन्टो । एनआरएनए केन्द्रिय उपाध्यक्ष भवन भट्टसंग क्यानाडावासी नेपालीले अन्तरक्रिया गरेका छन् । एनआरएनए क्यानाडाले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा उपाध्यक्ष भट्टले भूकम्पपछि पुनर्निर्माणमा एनआरएनको प्राथमिकता रहेको बताए । उनले आफ्नो स्वागत तथा सम्मान गरेकामा आयोजकप्रति आभार समेत व्यक्त गरे । व्यापार व्यवसाय पर्वाह नगरि आफ्नो अमुल्य समय मातृभूमिको विकास तथा समाजसेवामा खर्चिएका भट्ट अमेरिका, क्यानाडा हुंदै जापान जाने क्रममा कार्यक्रममा सहभागी भएका थिए ।
एनआरएनए क्यानाडाका महासचिव सुमन लम्सालले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुले आफ्नो परिचय तथा छोटो मन्तव्य राखेका थिए ।
सो क्रममा माउन्ट एभरेष्ट लायन्स क्लबका अध्यक्ष मित्र काफ्लेले भट्टको स्वागत गर्दै क्रिसमस र नयां वर्षको अग्रिम शुभकामना व्यक्त गरे । काफ्लेले विदेशमा छरिएर रहेका नेपाली नेपालीबीच एकता हुन आवश्यक रहेको बताए । नकारात्मक सोच त्यागेर सकारात्मक सोचका साथ नेपाली समाज मातृभूमिको विकासमा अघि बढ्नुपर्ने उनको धारणा थियो ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण