जेनेभा, २८ मङ्सिर । इराकको मोसुल सहरमा सैनिक कारबाही सुरु भएपछि त्यहाँबाट अहिलेसम्म ९१ हजार भन्दा बढी विस्थापित भएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)ले सोमबार जनाएको छ ।
एक हप्ता अगाडी सम्म सो ठाउँबाट विस्थापित हुनेहरुको संख्या ८१ हजार १०८ रहेका थिए । इराकको उत्तरी सहर मोसुलबाट १५ हजार २०० परिवार विस्थापित भएका हुन् । इराकको उत्तरी सहर मोसुलमा जारी द्वन्द्वको कारण उनीहरु घरवार छोड्न बाध्य भएका बताइएको छ ।
आइओएमका तथ्याङ्कका अनुसार सैनिक कारबाहीको कारण विस्थापित भएका ती व्यक्तिहरुमा ७६ प्रतिशतलाई शिविरमा राखिएको छ ।
सन् २०१४ को जुन महिनाबाट इस्लामिक स्टेट (आइएस) लडाकूको नियन्त्रणमा गएको यो सहर इराक सैनिकले गत अक्टोबर १७ देखि पुनः नियन्त्रणको लागि सुरु गरेको कारबाहीमा कुर्दिस पेशमेर्गा लडाकू समूहले पनि सहयोग गरेका थिए ।
सो कारबाहीको क्रममा अमेरिकाआवद्ध संयुक्त सेनाले हवाई आक्रमणलगायत स्थल कारबाहीमा पनि सहयोग गरिरहेको छ ।
जारी एक प्रतिवेदनअनुसार, झण्डै पाँच हजार आइएस लडाकूहरुले मोसुल नियन्त्रणमा लिएको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल