चेन्नई, २८ मङ्सिर । भारतको दक्षिणी क्षेत्रमा पर्ने प्रविधि केन्द्रको रुपमा चिनिएको चेन्नइमा आएको चक्रवातमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।
प्रति घण्टा १४० किलोमिटरभन्दा बढी दरले आएको ‘भरदा’ नामक यस चक्रवात कारण केही घरहरुमा क्षति पुगेको र विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन् ।
भारतको मौसम विभागले भरदाको कारण झण्डै १८ हजार जना विस्थापित भएका बताएको छ । तामिल नाडु राज्यको राजधानी चेन्नइमा झण्डै दुई दशकपछि ठूलो चक्रवात आएको विभागले बताएको छ ।
“दश जनाको मृत्यु भएको पुष्टी भएको छ, गाउँ गाउँबाट विवरण आउदैछन्, क्षति अझै धेरै भएको हुन सक्छ,” राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका प्रवक्ता अभिषेक शन्दीयालले बताउनु भएको छ । ।
चेन्नइमा गत बाढीमा परी २५० भन्दा बढीको मृत्यु भएको थियो । चेन्नइ सहर मोटरकार सम्बन्धी सामग्रीहरुको उत्पादन र सूचना प्रविधिको सेवाका लागि अग्रस्थानमा छ ।
भारतको पूर्वीया राज्य ओडिसामा सन् १९९९ मा आएको चक्रवातको कारण आठ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान