चेन्नई, २८ मङ्सिर । भारतको दक्षिणी क्षेत्रमा पर्ने प्रविधि केन्द्रको रुपमा चिनिएको चेन्नइमा आएको चक्रवातमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।
प्रति घण्टा १४० किलोमिटरभन्दा बढी दरले आएको ‘भरदा’ नामक यस चक्रवात कारण केही घरहरुमा क्षति पुगेको र विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन् ।
भारतको मौसम विभागले भरदाको कारण झण्डै १८ हजार जना विस्थापित भएका बताएको छ । तामिल नाडु राज्यको राजधानी चेन्नइमा झण्डै दुई दशकपछि ठूलो चक्रवात आएको विभागले बताएको छ ।
“दश जनाको मृत्यु भएको पुष्टी भएको छ, गाउँ गाउँबाट विवरण आउदैछन्, क्षति अझै धेरै भएको हुन सक्छ,” राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका प्रवक्ता अभिषेक शन्दीयालले बताउनु भएको छ । ।
चेन्नइमा गत बाढीमा परी २५० भन्दा बढीको मृत्यु भएको थियो । चेन्नइ सहर मोटरकार सम्बन्धी सामग्रीहरुको उत्पादन र सूचना प्रविधिको सेवाका लागि अग्रस्थानमा छ ।
भारतको पूर्वीया राज्य ओडिसामा सन् १९९९ मा आएको चक्रवातको कारण आठ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित