शुक्रबार, कार्तिक ७ २०७७ | Fri, October 23, 2020
नेपालको समय: ११:५५ | UK Time: 07:10

इटालीका नयाँ प्रधानमन्त्रीद्धारा मन्त्रीपरिषद् गठन

वीनेपाली
२०७३ मंसिर २८ गते ११:५३
शपथ ग्रहणपछि सामूहिक तस्विर खिचाईंदै । तस्विरः एएफपी

शपथ ग्रहणपछि सामूहिक तस्विर खिचाईंदै । तस्विरः एएफपी

रोम इटाली, २८ मङ्सिर । इटालीका नवनियुक्त प्रधानमन्त्री पाओलो जेन्टिलोनीले सोमबार मन्त्रीपरिषद् गठन गर्नुभएको छ ।

संसदमा रहेका राजनीतिक शक्तिहरुसँगको छोटो छलफलपछि उहाँले सोमबार अबेर इटालीका राष्ट्रपति सर्जियो माटेरेलालाई मन्त्रीहरुको नामावली बुझाउनु भएको हो । उहाँले बुझाएको मन्त्रीहरुको नामावलीमा १८ जनाको नाम रहेको थियो ।

नव नियुक्त प्रधानमन्त्री ६२ वर्षीय जेन्टिलोनीलाई संक्रमणकालीन सरकारको नेतृत्व गर्दै सन् २०१८ को फेब्रुअरीमा संसदीय निर्वाचन गर्ने जिम्मेबारी दिएको छ ।

तत्कालिन प्रधानमन्त्री मटेओ रेन्जीले राजीनामा दिएपछि निवर्तमान परराष्ट्र मन्त्री जेन्टिलोनीलाई आईतबार राष्ट्रपति माटेरेलाले प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

इटालीमा संवैधानिक सुधार विषयमा भएको जनमत सङ्ग्रहमा रेन्जीको विपक्षमा मत परिणाम आएपछि उहाँले राजीनामा दिनुभएको थियो ।

जेन्टिलोनीलाई निवर्तमान प्रधानमन्त्री रेन्जीको निकट सहयोगीका रूपमा लिइन्छ । त्यसकारण रेन्जीको राजनीतिक कार्ययोजनालाई नवनियुक्त प्रधानमन्त्रीले पनि अगाडि बढाउने विश्लेषकहरुले विश्लेषण गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक