पाँचथर, २८ मङ्सिर । किराँतको महान् पर्व चासोक तङ्नाम अर्थात् न्वागी पूजा जिल्लामा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विशेष गरी पूर्वका विभिन्न भेगमा बसोबास गर्ने लिम्बू, राई, सुनुवार र याक्खा जातिले मङ्सिर पूर्णिमा अर्थात् आजैका दिनमा नयाँ अन्न आफ्ना दिवङ्गत पुर्खा र आआफ्ना आस्थाका भगवान्लाई चढाएर न्वागी पूजा गर्ने चलन छ ।
न्वागी पूजा गर्न आज बिहानैदेखि सदरमुकाम फिदिमस्थित सुम्हालुङ मन्दिर, सिलौती, लव्रेकुटीलगायत किराँत मन्दिरमा किराँत धर्मावलम्बीको भिड लागेको छ । यही अवसरमा किराँत याक्थुङ चुम्लुङले आज ऐतिहासिकस्थल हिलिहाङमा लिम्बुवानी वनभोज र चासोक तङ्नाम विशेष कार्यपत्र प्रस्तुतिका एवं सुम्जिरी सुम्हात्लुङ संरक्षण तथा विकास समितिले नौ किमी लामो मिनी म्याराथनको आयोजना गरेको छ ।
प्रत्येक वर्ष मङ्सिर पूर्णिमाको दिन मनाइने यो चाडलाई हिन्दूले धान्य पूर्णिमा, किरात वर्गका याख्खाले चासोवा, सुनुवारले फोल स्यादर, लिम्बूले चासोक र राईले उधौली पर्वका रुपमा मान्दै आएका छन् ।
केही वर्षयता सरकारले मङ्सिरे पूर्णिमाका दिन चासोक तङ्नाम पर्व मनाउन सार्वजनिक बिदा दिन थालेको छ । बिशेषतः यो पर्व किराँतको बाहुल्य भएका ताप्लेजङ, पाँचथर, इलाम, धनकुटा तेहथुम, सङ्खुवासभा, झापा, मोरङ र सुनसरीमा साथ मनाउने गरिएको छ ।
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा