मस्को (रसिया), २७ मङ्सिर । रसियाली प्रशासनिक केन्द्र क्रेमलिनले वासिङ्टन पोस्टमा छापिएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रसियाको हस्तक्षेप रहेको भन्ने अमेरिकी गुप्चतर संस्था सीआईएको रिपोर्ट निराधार आरोपमात्रै भएको जनाएको छ ।
निर्वाचनका विषयमा रसियालाई जोडेर गरेको एउटै पनि आरोप विल्कुलै आधारहीन भएको र यसलाई प्रमाणित गरेर देखाउन क्रेमलिन प्रवक्ता डिमित्री पेस्कोभले सञ्चारकर्मीसँग आग्रह गर्नुभयो ।
“यी सबै आरोप विल्कुल निराधार, अनुचित र अव्यवसायिक रहेकाले यसको वास्तविक अर्थमा कुनै तुक छैन,” पेस्कोभले भन्नुभयो ।
गतहप्ता वासिङटन पोस्टमा प्रकाशित एक समाचारमा सन् २०१६ मा रसियाले साइबर आक्रमणद्वारा अमेरिकी निर्वाचन प्रभावित तुल्याउने र रिपब्लिकन नेता डोनाल्ड ट्रम्पको पक्षमा माहोल खडा गरेकोे भन्ने भावसहित सीआईएको रिपोर्टलाई सार्वजनिक गरिएकोे थियोे ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाको निर्देशन र अमेरिकी कँग्रेसको मागअनुसार सीआईएको प्रतिवेदन बाहिर ल्याइएको र यसमा सन् २०१६ को निर्वाचन समयमा भएका साइबर अपराधसम्बन्धी घटना र अमेरिकी निर्वाचनमा रसियाली हस्तक्षेपका बारेमा जनाइएको छ ।
नवनिर्वाचित राष्ट्रपति ट्रम्प र उहाँको दलले यसको खण्डन गरिसकेको छ । रिपब्लिकन पार्टीका नेसनल कमिटीका प्रवक्ता सिन स्पाइसरले गुप्तचर संस्थाबाट आएको सूचना ‘गलत’ भएको भनी प्रतिवेदनको खण्डन गर्नुभएको छ ।
त्यसैगरी ट्रम्पले पनि सूचनालाई ‘प्रतिशोधपूर्ण’ भन्दै ट्वीटमार्फट खण्डन गर्नुभएको थियो ।
गत जुलाईमा हिलारी क्लिन्टनको निर्वाचन अभियानले डेमोक्रेटिक नेसनल कमिटीबाट लज्जास्पद इमेल चुहावटबारे कुरा उठाएपछि क्रेमलिन अमेरिकी राजनीतिमा प्रवेश गरेको थियो ।
रसियाली राष्ट्रपतिले अमेरिकी निर्वाचनमा रसियाको हात रहेको भनी आएका समाचारलाई अमेरिकी मतदाताको ध्यानलाई स्थानीय मुद्दालाई विषयान्तर गर्ने प्रयास भनी आरोपको गत अक्टोबरमा नै खण्डन गर्नुभएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा