कायरो, २७ मङ्सिर । इजिप्टको राजधानी कायरोमा रहेको एक चर्चमा भीषण हमला भएको छ । सो हमलामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । इजिप्टेली अधिकारीहरुले सो हमलामा परी अरु कम्तीमा पनि ४९ जना नराम्ररी घाइते भएका जनाएका छन् । क्रिस्मसको समय सुरु हुन लागेको बेला यो हमला भएको छ ।
साथै विश्वका अरु पनि केही देशबाट प्राप्त समाचारहरुमा विभिन्न स्थानमा यस्ता हमलाहरु भएका छन् । क्रिश्मसको समय सुरु हुन लागेकै बेला यस्तो हमला भएको जनाइएको छ । कायरोको एक कोप्टिक क्याथेडल चर्चमा यस्तो हमला भएको हो । इजिप्टको विदेशमन्त्रालयले आइतबार अबेर राति सो हमलाको बारेमा एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ ।
सो हमलामा भएको क्षतिको विवरण लिने काम भइरहेको छ । सुरक्षाकर्मीले सो हमलामा व्यापक मात्रामा क्षति भएको जनाएका छन् ।त्यस क्षेत्रमा रहेको चर्चमा यसअघि पनि उनीहरुले हमलाको प्रयास गरेका थिए । आइतबार अपरान्ह बम हमला गरिएको हो ।
तर आक्रमणको जिम्मेवारी भने अहिलेसम्म कसैले पनि लिएको छैन । सो आक्रमणमा भएको क्षतिको विवरण संकलन भइरहेको सुरक्षाअधिकारीहरुले जनाएका छन् । उक्त बम आक्रमणपछि कायरोमा रहेका अरु चर्चहरुमा पनि सुरक्षाको कडा निगरानी गरिएको बताइएको छ ।
आइतबार उक्त चर्चमा प्रार्थनामा रहेका बेला एक अज्ञात व्यक्तिले सो चर्चभित्र बम हानेको अधिकारीहरुले जानकारी दिएका छन् ।
सो बम हमलाको संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले निन्दा गर्नुभएको छ । उहाँले सो हमलाले मानवता विरुद्धको अपराध गरेको जनाउनु भएको छ । उहाँले नागरिकको शान्तिपूर्ण रुपमा बाँच्न पाउने अधिकारका विरुद्ध यसरी गरिएको अपराध निन्दनीय हो भन्दै यस आक्रमणमा सम्लग्नलाई कडा कारबाही गर्न माग गर्नुभएको छ ।
उहाँका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ– नागरिकको बाँच्न पाउने अधिकारको सम्मान गर्नु सबैको कर्तव्य हो उहाँले भन्नुभएको छ । महासचिव बानले उक्त हमलामा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पणगर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । त्यसैगरी युरोपेली युनियनले पनि सो हमलाको निन्दा गरेको छ । उक्त हमलामा परी ज्यान गुमाएका व्यक्तिको परिवारप्रति समवेदना व्यक्त गरेको छ । इयूले यस हमलामा सम्लग्नहरुलाई कडा भन्दा कडा कारबाहीको पनि माग गरेको छ ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल