कायरो, २७ मङ्सिर । इजिप्टको राजधानी कायरोमा रहेको एक चर्चमा भीषण हमला भएको छ । सो हमलामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । इजिप्टेली अधिकारीहरुले सो हमलामा परी अरु कम्तीमा पनि ४९ जना नराम्ररी घाइते भएका जनाएका छन् । क्रिस्मसको समय सुरु हुन लागेको बेला यो हमला भएको छ ।
साथै विश्वका अरु पनि केही देशबाट प्राप्त समाचारहरुमा विभिन्न स्थानमा यस्ता हमलाहरु भएका छन् । क्रिश्मसको समय सुरु हुन लागेकै बेला यस्तो हमला भएको जनाइएको छ । कायरोको एक कोप्टिक क्याथेडल चर्चमा यस्तो हमला भएको हो । इजिप्टको विदेशमन्त्रालयले आइतबार अबेर राति सो हमलाको बारेमा एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ ।
सो हमलामा भएको क्षतिको विवरण लिने काम भइरहेको छ । सुरक्षाकर्मीले सो हमलामा व्यापक मात्रामा क्षति भएको जनाएका छन् ।त्यस क्षेत्रमा रहेको चर्चमा यसअघि पनि उनीहरुले हमलाको प्रयास गरेका थिए । आइतबार अपरान्ह बम हमला गरिएको हो ।
तर आक्रमणको जिम्मेवारी भने अहिलेसम्म कसैले पनि लिएको छैन । सो आक्रमणमा भएको क्षतिको विवरण संकलन भइरहेको सुरक्षाअधिकारीहरुले जनाएका छन् । उक्त बम आक्रमणपछि कायरोमा रहेका अरु चर्चहरुमा पनि सुरक्षाको कडा निगरानी गरिएको बताइएको छ ।
आइतबार उक्त चर्चमा प्रार्थनामा रहेका बेला एक अज्ञात व्यक्तिले सो चर्चभित्र बम हानेको अधिकारीहरुले जानकारी दिएका छन् ।
सो बम हमलाको संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले निन्दा गर्नुभएको छ । उहाँले सो हमलाले मानवता विरुद्धको अपराध गरेको जनाउनु भएको छ । उहाँले नागरिकको शान्तिपूर्ण रुपमा बाँच्न पाउने अधिकारका विरुद्ध यसरी गरिएको अपराध निन्दनीय हो भन्दै यस आक्रमणमा सम्लग्नलाई कडा कारबाही गर्न माग गर्नुभएको छ ।
उहाँका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ– नागरिकको बाँच्न पाउने अधिकारको सम्मान गर्नु सबैको कर्तव्य हो उहाँले भन्नुभएको छ । महासचिव बानले उक्त हमलामा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पणगर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । त्यसैगरी युरोपेली युनियनले पनि सो हमलाको निन्दा गरेको छ । उक्त हमलामा परी ज्यान गुमाएका व्यक्तिको परिवारप्रति समवेदना व्यक्त गरेको छ । इयूले यस हमलामा सम्लग्नहरुलाई कडा भन्दा कडा कारबाहीको पनि माग गरेको छ ।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम