बेरुत, २६ मङसिर । सिरियाली सहर अलेप्पोबाट मध्यरातबाट १० हजारभन्दा बढी व्यक्ति भागेका छन् ।
विद्रोहीको बलियो प्रभाव रहेको इलाकामा जारी भीषण लडाई र भारी बमबारीको कारण ती व्यक्तिहरु भागेका मानवअधिकारवादी समूहले आइतबार जानकारी दिएको छ ।
ती व्यक्तिहरु सरकारको नियन्त्रणमा रहेको पश्चिमी अलेप्पो र सरकारीबलले हाल मात्र नियन्त्रणमा लिएका उत्तर र मध्यभागका जिल्लाहरुबाट भागेका ‘सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका प्रमुख रामी अब्देल रहमानले बताउनु भएको छ ।
दक्षिणपूर्वी सहरका एक बासिन्दाले एएफपी समाचार समितिलाई पश्चिम अलेप्पोको सरकारको नियन्त्रणमा रहेको जिल्लाहरुबाट ठूलो सङ्ख्यामा व्यक्तिहरु भागेका देखेको बताएका छन् ।
अब्जरभेटरीका अनुसार दक्षिणपूर्वी अलेप्पोका विद्रोही र सरकारी बलबीच भारी झडप जारी रहेको छ । यद्यपी बिद्रोहीको बलियो प्रभाव रहेको इलाकामा सरकारी आक्रमण र बमबारी जारी छ ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।
यस गृहयुद्धमा इस्लामिक स्टेट र अल कायदाजस्ता आतङ्ककारी समूह पनि हाबी हुँदै गए । यस युद्धमा परी सन् २०११ देखि हालसम्म तीन लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको र दशौँ लाख व्यक्ति घाइते भएका छन् ।
त्यसैगरी देशभित्र र छिमेकी देशमा लाखौँ व्यक्तिले शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल