बेरुत, २६ मङसिर । सिरियाली सहर अलेप्पोबाट मध्यरातबाट १० हजारभन्दा बढी व्यक्ति भागेका छन् ।
विद्रोहीको बलियो प्रभाव रहेको इलाकामा जारी भीषण लडाई र भारी बमबारीको कारण ती व्यक्तिहरु भागेका मानवअधिकारवादी समूहले आइतबार जानकारी दिएको छ ।
ती व्यक्तिहरु सरकारको नियन्त्रणमा रहेको पश्चिमी अलेप्पो र सरकारीबलले हाल मात्र नियन्त्रणमा लिएका उत्तर र मध्यभागका जिल्लाहरुबाट भागेका ‘सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका प्रमुख रामी अब्देल रहमानले बताउनु भएको छ ।
दक्षिणपूर्वी सहरका एक बासिन्दाले एएफपी समाचार समितिलाई पश्चिम अलेप्पोको सरकारको नियन्त्रणमा रहेको जिल्लाहरुबाट ठूलो सङ्ख्यामा व्यक्तिहरु भागेका देखेको बताएका छन् ।
अब्जरभेटरीका अनुसार दक्षिणपूर्वी अलेप्पोका विद्रोही र सरकारी बलबीच भारी झडप जारी रहेको छ । यद्यपी बिद्रोहीको बलियो प्रभाव रहेको इलाकामा सरकारी आक्रमण र बमबारी जारी छ ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।
यस गृहयुद्धमा इस्लामिक स्टेट र अल कायदाजस्ता आतङ्ककारी समूह पनि हाबी हुँदै गए । यस युद्धमा परी सन् २०११ देखि हालसम्म तीन लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको र दशौँ लाख व्यक्ति घाइते भएका छन् ।
त्यसैगरी देशभित्र र छिमेकी देशमा लाखौँ व्यक्तिले शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग