इस्तानबुल, २६ मङ्सिर । टर्कीको सवै भन्दा ठूलो सहर इस्तानबुलको मध्यभागमा शनिबार राती भएको दुई वटा बम बिस्फोटमा परी २९ व्यक्तिको मृत्यु भएको छ ।
सो विस्फोटमा परी २७ प्रहरी अधिकृत र दुई सर्वसाधारणको मृत्यु भएको छ । उक्त घटनामा अन्य १६६ जना घाइते भएका स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
बेसिक्टास जिल्लाको खेलमैदानमा फुटबल प्रतियोगिता सकिएको डेढ घण्टापछि मानिसहरुको भिडभाड भइरहेका बेला ड्युटीमा रहेका प्रहरीलाई लक्षित सो विस्फोट गराइएको गृहमन्त्री सुलेम्यान सोएलुले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
फुटबल प्रेमीहरुले खेलमैदान छाडेपछि मात्रै घटनास्थलमा विस्फोट भएको उपप्रधानमन्त्री नुमान कुर्तुल्मु बताउनु भयो । बिस्फोट धेरै शक्तिशाली भएको र बोस्फोरसको दुवै तर्फ सुनिएको थियो ।
घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको र १७ जनाको शल्यक्रिया भईरहेको स्वास्थ्य मन्त्री रेसेप आक्डगले जानकारी दिनुभयो ।
राष्ट्रपति रेसेप तायिप इर्डोगानले ट्विटर एकाउण्टमा “हाम्रो संघर्ष जारी छ,” लेख्नु भएको छ ।
इस्तानबुलमा पछिल्लो बम आक्रमण गत जुनमा भएको थियो। त्यतिबेला अन्तराष्ट्रिय विमानस्थलमा तीनवटा आत्मघाती बम हमला भएका थिए भने ४५ जनाको मृत्यु भएको थियो।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल