पेरिस (फ्रान्स), २५ मङ्सिर । सिरियाको प्राचीन सहर अलेप्पोमा राष्ट्रपति बसर अल असद र उहाँका सहयोगीहरुद्वारा कारबाहीलाई तीव्रता दिएका बेला अमेरिकी विदेशमन्त्री जोन केरीलगायतका विश्वका अधिकारीले सर्वसाधारणको समस्याप्रति चासो व्यक्त गर्दै निराश प्रतिपक्षीको सुरक्षाका लागि पहल थालेका शनिबार जनाएका छन् ।
अलेप्पोबाट दशौँहजार मानिस आफ्ना घर छाडेर विस्थापित भइरहेको समयमा अमेरिकी विदेशमन्त्री केरीले आफू अलेप्पो र अलेप्पोवासीको सुरक्षाका लागि अहोरात्र खटिरहेको बताउनुभयो ।
“म अलेप्पो र अलेप्पोवासीलाई पूर्ण नाश हुन नदिन लागिपर्नेछु” – केरीले भन्नुभयो ।
अमेरिकी विदेशमन्त्री केरी, युरोपेली तथा अरवी कूटनीतिज्ञले सिरियाली प्रतिपक्षी दलका वरिष्ठ सदस्यसँग शनिबार पेरिसमा भेट गर्नुभएको छ । भेटको व्यवस्था फ्रान्सेली विदेशमन्त्री जाँ मार्क आयरुल्टले मिलाउनुभएको बुझिएको छ ।
यसैबीच, अमेरिकी तथा रसियाली सैन्य विज्ञहरुबीच पनि जेनेभामा भेटवार्ता भएको छ । उनीहरुले अलेप्पोबाट बाहिर भागेका प्रतिपक्षीका विषयमा विस्तृत जानकारी जम्मा गरी उनीहरुको व्यवस्थापनका लागि काम गर्ने जनाएका छन् ।
पश्चिमी मुलुकको सहयोगमा सिरियाली सरकारविरुद्ध सङ्घर्षरत प्रतिपक्षीको भाग्यमाथि रसियालगायतका सिरियाली राष्ट्रपति वसर अल असदका सहयोगीद्वारा पूर्वी अलेप्पोलाई कब्जामा लिन सफल भएपछि सङ्कट देखापरेको छ ।
सिरियामा असदविरुद्ध विगत पाँच वर्षदेखि सङ्घर्षरत प्रतिपक्षीलाई उनीहरुको नियन्त्रणमा रहेको अलेप्पो सहर आफ्नो पकड बाहिर पुगेपछि समस्या देखिएको हो ।
शुक्रबार राति पेरिसमा अलेप्पो समस्याबारे बोल्दै अमेरिकी विदेशमन्त्रीले ‘मानिसहरु निरन्तर हुने बैठकदेखि निराश बनिसकेका छन् । सिरियाका सर्वसाधारणको मृत्यले स्तब्ध पारिरहेको छ । अब पनि बैठक उपलब्धिपूर्ण नहुने हो भने मेसेच्युटमा सुन्दर बिदा मनाउने योजनासहित निराश फर्किनुको विकल्प छैन ।
संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत सामन्थ पावरले यस हप्ता अलेप्पोमा खाद्यान्नलगायतको आधारभूत सामग्री आपूर्ति गर्न रसियाका कारण नसकिएको आरोप लगाउनुभयो ।
उहाँले राष्ट्रपति असदको प्रशासनले रसियाको सहयोगमा सिरियाली विद्यालय, अस्पताल, सर्वसाधारणका गाउँहरु ध्वस्त पारेको दाबी गर्दै अहिले सिरियाली जनता औषधि, खाद्यान्नलगायत जीउनका लागि आधारभूत सामग्रीको अभावका बाँचिरहनुपरेको छ भन्नुभयो ।
यता रसियाले भने राष्ट्रपति असदको इस्लामिक अतिवादी समूहमाथिको कारबाहीमा सहयोग पुरयाएको बताएको छ ।
राष्ट्रसङ्घका लागि रसियाली राजदूत भाइटली चुर्किनले सिरियाली प्रतिपक्षीमा अतिवादी इस्लामिक समूहको विचारले प्रधानता पाएको भन्दै सिरियामा नरम दलीय प्रतिपक्षीको धारणा हराएर गएको प्रतिक्रिया दिनुभएको तास न्यूज एजेन्सीले जनाएको छ ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक