विराटनगर, २४ मङ्सिर । हास्य कलाकार रुद्रप्रसाद (आरपी) भट्टराईको ४१ वर्षको उमेरमा आज बिहान असमायिक निधन भएको छ ।
विराटनगरको पोखरियास्थित आफ्नी दिदीको घरमा गएराति खाना खाएर सुतेपछि आज बिहान उहाँ ओछ्यानमा मृत अवस्थामा पाइएको पारिवारिक स्रोतले जनाएको छ ।
उहाँको निधन हृदयघातको कारणले भएको अनुमान गरिएको छ । मोरङको मधुमारास्थित जयनेपाल चोकमा घर भएका उहाँले नेपाल टेलिभिजनको चर्चित सिरियल ‘तीतो सत्य’ मा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
उहाँको एक श्रीमती र दुई छोरा छन् । हाटखोलास्थित सिग्याहा घाटमा दाहसंस्कार गरिने उहाँका शुभेच्छुक हरि भट्टराईले जानकारी गराउनुभयो ।
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक