विराटनगर, २४ मङ्सिर । हास्य कलाकार रुद्रप्रसाद (आरपी) भट्टराईको ४१ वर्षको उमेरमा आज बिहान असमायिक निधन भएको छ ।
विराटनगरको पोखरियास्थित आफ्नी दिदीको घरमा गएराति खाना खाएर सुतेपछि आज बिहान उहाँ ओछ्यानमा मृत अवस्थामा पाइएको पारिवारिक स्रोतले जनाएको छ ।
उहाँको निधन हृदयघातको कारणले भएको अनुमान गरिएको छ । मोरङको मधुमारास्थित जयनेपाल चोकमा घर भएका उहाँले नेपाल टेलिभिजनको चर्चित सिरियल ‘तीतो सत्य’ मा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
उहाँको एक श्रीमती र दुई छोरा छन् । हाटखोलास्थित सिग्याहा घाटमा दाहसंस्कार गरिने उहाँका शुभेच्छुक हरि भट्टराईले जानकारी गराउनुभयो ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक