साधाबाटोल्नी (पाकिस्तान), १३ मङ्सिर । उत्तरी पाकिस्तानको पहाडी इलाकामा बुधबार भएको विमान दुर्घटनामा परेकाहरुको परिचय खुलाउन डिएनए परिक्षण गरिने अधिकारीहरुले जानकारी दिएका छन् । विमान सेवाको इतिहासमा नै अति खराव प्रकृतिको यो दुर्घटनाले देशलाई शोकमा डुबाएको छ ।
उत्तरी क्षेत्रमा भएको दुर्घटनालाई पाकिस्तानको उडान इतिहासकै अत्याधिक दुःख घटनाको रुपमा लिइएको अधिकारीहरुले बिहीबार बताएका छन् ।
पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को एउटा विमान यन्त्रले काम गर्न छाडेपछि दुर्घटनामा परेको हो । विमानमा चालक दलका ७ जना सहित ४७ यात्रु रहेका थिए ।
पाकिस्तानको उत्तरपश्चिमी चित्राल जिल्लाबाट राजधानीतर्फ गइरहेका बेला विमान दुर्घटना भएको अधिकारीहरुले बताएका छन् ।
“डिएनए परिक्षण गर्न ती शवहरु हेलिकप्टरमा घटनास्थलबाट इस्लामाबाद ल्याइएने छ,” स्थानीय अयुब मेडिकल कम्प्लेक्सका मोहम्मद अब्बासले भन्नुभयो ।
उहाँले थप स्पष्ट पार्दै जानकारी दिनुभयो, “ शव सबै क्षतविक्षत अवस्थामा छन् ।”
शवहरु जलेर महिला पुरुष छुट्याउन सक्ने अवस्थामा नहरेको एक स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
घटनास्थलमा रातभरी सयौं स्थानीय बासिन्दा उद्धारका लागि सक्रिय भएका थिए ।
स्थानीय समयअनुसार बुधबार दिउसो ३ः३८ बजे उडेको विमान ४ः२० बजे विमानस्थलको कन्ट्रोल टावरबाट सम्पर्कबिहीन भएको अधिकारीहरुले बताएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा