साधाबाटोल्नी (पाकिस्तान), १३ मङ्सिर । उत्तरी पाकिस्तानको पहाडी इलाकामा बुधबार भएको विमान दुर्घटनामा परेकाहरुको परिचय खुलाउन डिएनए परिक्षण गरिने अधिकारीहरुले जानकारी दिएका छन् । विमान सेवाको इतिहासमा नै अति खराव प्रकृतिको यो दुर्घटनाले देशलाई शोकमा डुबाएको छ ।
उत्तरी क्षेत्रमा भएको दुर्घटनालाई पाकिस्तानको उडान इतिहासकै अत्याधिक दुःख घटनाको रुपमा लिइएको अधिकारीहरुले बिहीबार बताएका छन् ।
पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) को एउटा विमान यन्त्रले काम गर्न छाडेपछि दुर्घटनामा परेको हो । विमानमा चालक दलका ७ जना सहित ४७ यात्रु रहेका थिए ।
पाकिस्तानको उत्तरपश्चिमी चित्राल जिल्लाबाट राजधानीतर्फ गइरहेका बेला विमान दुर्घटना भएको अधिकारीहरुले बताएका छन् ।
“डिएनए परिक्षण गर्न ती शवहरु हेलिकप्टरमा घटनास्थलबाट इस्लामाबाद ल्याइएने छ,” स्थानीय अयुब मेडिकल कम्प्लेक्सका मोहम्मद अब्बासले भन्नुभयो ।
उहाँले थप स्पष्ट पार्दै जानकारी दिनुभयो, “ शव सबै क्षतविक्षत अवस्थामा छन् ।”
शवहरु जलेर महिला पुरुष छुट्याउन सक्ने अवस्थामा नहरेको एक स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
घटनास्थलमा रातभरी सयौं स्थानीय बासिन्दा उद्धारका लागि सक्रिय भएका थिए ।
स्थानीय समयअनुसार बुधबार दिउसो ३ः३८ बजे उडेको विमान ४ः२० बजे विमानस्थलको कन्ट्रोल टावरबाट सम्पर्कबिहीन भएको अधिकारीहरुले बताएका छन् ।
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल