जाकार्ता २२ मङ्सिर । पश्चिमी इन्डोनेसियाको आचे प्रान्तमा बुधबार आएको शक्तिशाली भूकम्पमा कम्तीमा ९७ व्यक्तिको मृत्यु भएको छ ।
यस भूकम्पमा परी अन्य १९० जना घाइते भएका छन् । भूकम्प ६.४ रिक्टर स्केलको मापन गरिएको र भीषण क्षति भएको इनडोनेसियाली प्रकोप नियन्त्रण निकायका अधिकारीले जानकारी दिएका छन् ।
यस शक्तिशाली भूकम्पको कारण सयौं घरहरुलगायत आधारभूत संरचनाहरु ध्वस्त भएको प्रान्तीय प्रकोप नियन्त्रण निकायका सङ्कटकालीन समूहका प्रेस अधिकृत हेनी नुरमाइनीले टेलिफोनमार्फत सिन्ह्वा समाचार समितिलाई जानकारी दिएकी छिन् ।
यस भूकम्पबाट अत्यन्तै प्रभावित भएको पिडाइ जया जिल्लामा मानवीय र सम्पत्तिको ठूलो क्षति भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको हेनीले जानकारी दिएकी छिन् । भूकम्पले अत्यन्त प्रभावित जिल्ला पिडाइ जयामा भत्किएका भवन भग्नावशेषमा दर्जनौ व्यक्ति फसेका बताइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा