नयाँदिल्ली, २१ मङ्सिर । भारतको दक्षिणी भागमा पर्ने तामिलनाडू राज्यका नेत्री तथा मुख्यमन्त्री जयराम जयाललितको स्थानीय समायानुसार सोमबार राति ११ः३० मा निधन भएको छ ।
दक्षिण भारतकी प्रख्यात अभिनेत्रीसमेत रहनु भएका जयललिताको ६८ बर्षको उमेरमा सोमबार निधन भएको हो ।
गत सेप्टेम्बर २२ देखि नै ज्वरो, शरीरमा पानीको कमी र श्वासप्रश्वासमा समस्याको कारण अस्पताल भर्ना हुनु भएका जयललितालाई आइतबार हृदयघात भएको थियो । हृदयघातको कारण उहाँको अवस्था गम्भीर भएपछि उहाँले अलेपो अस्पतालको सघन उपचार केन्द्रमा सारिएको थियो ।
हृदयघातपछि गरिएको शल्यक्रिया पश्चात पनि उहाँ अवस्था गम्भीर नै रहेको र सोमबार राति निधन भएको थियो ।
चेन्नइको प्रान्तीय राजधानीमा रहेको अपोलो अस्पतालमा मुख्यमन्त्री जयललिताको वरिष्ठ चिकित्सकको टोली लागेर उपचार भइरहेको थियो ।
चलचित्रका नायिकालगायत सफल भूमिकापछि राजनीतिमा प्रवेश गर्नुभएकी जयाललिता आइतबार राति हृदयघातबाट पीडित हुनुभएको हो ।
उहाँ आफ्नो सफल चलचित्र नायिका भूमिका हुदाँहुदै पनि राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँले तामिल भाषाबाट बनाइएका करिब १५० वटा चलचित्रमा अभिनय गर्नुभएको थियो । जयललिताले १३ बर्षको उमेरबाट चलचित्रमा अभिनय गर्न सुरु गर्नु भएको थियो ।
उहाँले कैयौ पटक तामिलनाडू राज्यको मुख्यमन्त्रीको पद सम्हाली सक्नुभएको छ । आफ्ना समर्थकबीच ‘अम्मा’को नामबाट परिचित उहाँले सन् १९८० को सुरुबाट नै राजनीतिमा जीवन सुरु गर्नुभएको थियो । तामिल नाडू राज्यको अतिप्रिय अम्माको निधनबाट सारा तामिल नाडू नै वियोगमा डुबेको छ ।
पछिल्लो पटक सन् २०११ को मे महिनाबाट उहाँ तामिलनाडूको मुख्य मन्त्रीको पदमा हुनुहुनथियो । सन् २०१४ मा जयललितालाई भष्टाचारको मुद्दामा दोष ठहर गरिएको र पछि उहाँले सफाई पाउनु भएपछि मुख्यमन्त्रीमा नै फर्किनु भएको थियो ।
जयललिताको निधनपछि तामिल नाडू राज्यमा सात दिनको शोकको घोषणा गरिएको छ भने बिद्यालय र विश्वबिद्यालयमा तीन दिनको विद्याको घोषणा गरिएको छ ।
उहाँको निधनप्रति भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुख व्यक्त गर्नु भएको छ ।
जयललिताले महिला र गरिब र उत्पीडन समूदायमाथि देखाउनु भएको श्रद्धाले उहाँ सधै प्रेरणाको स्रोतको रुप रहनु हुने मोदीले बताउनु भएको छ ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण