
लन्डन । गुल्मी जिल्ला समाज यूकेले गुल्मी सदरमुकाम तम्घासमा ब्लड बैंक स्थापना सहयोगार्थ आइतबार एक च्यारिटी कार्यक्रम गरेको छ । च्यारिटीबाट ८ हजार ८७० पाउण्ड संकलन भएको समाजका कोषाध्यक्ष तारानाथ भण्डारीले जानकारी दिएका छन् ।
विश्व अपांगता दिवसका अवसरमा चाल्टर्नस्थित प्यारिस हलमा आयोजित कार्यक्रमको प्रमुख अतिथी थिए दूतावासका उपनियोग प्रमुख एवं प्रवक्ता शरदराज आरण । ब्लड बैंक स्थापना र केही हिस्सा आशा अपांग केन्द्रको सहयोगका लागि आयोजित कार्यक्रम सम्वोधन गर्दै आरणले मातृभूमिप्रति गुल्मेलीहरुको सहयोगी भावनाको प्रशंसा गरे ।
समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष शान्ति थापा कुंवर, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपांगीमगर, संस्थापक अध्यक्ष एवं सल्लाहकार ओमप्रसाद थापा र पूर्व अध्यक्ष एवं सल्लाहकार अर्जुन गौतमले समाजका गतिविधिबारे प्रष्टयाएका थिए ।
अध्यक्ष गलामीले आफू भाषणभन्दा काम गरेर देखाउने बताउंदै सहयोगी सबैप्रति आभार व्यक्त गरे ।
समाजका महासचिव शिव भण्डारी र प्रवक्ता मन्जु भण्डारी खरेलले सञ्चालन गरेको औपचारिक कार्यक्रममा उपाध्यक्ष फडिन्द्र भट्टराईले स्वागत मन्तव्य दिए । सहकोषाध्यक्ष राम सापकोटाले ब्लड बैंक स्थापनाको उद्देश्यबारे बोले भने उपाध्यक्ष राजन खरेलले च्यारिटी उद्देश्यबारे जनाए ।
कार्यक्रममा प्रथम नौमति बाजा गुल्मी यूकेको प्रस्तुति रोचक रह्यो । नौमती बाजाको धुनमा सहभागी मज्जाले नाचे भने सुजाता काफ्ले, रण केसी लगायतको दोहोरी पनि कम रोचक थिएन । गोकुल भण्डारीले गुल्मी र गुल्मेली जनताको सहयोगी भावनामा केन्द्रित कविता वाचन गरेका थिए । स साना बालबालिकाले नाच प्रस्तुत गरे ।
कार्यक्रमको संयोजन उपाध्यक्षहरु फडिन्द्र भट्टराई र राजन खरेलले गरेका हुन् । उक्त अवसरमा माउन्टेन भ्यू रेष्टुरेन्टका रोमनाथ पाण्डेले खाना र डिजे हेम विष्टले साउण्ड सिस्टम उपलव्ध गराएका थिए । कार्यक्रमका सहयोगदातालाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड यूके प्रतिनिधि पशुपति भण्डारी, एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठ, उपाध्यक्ष दासुराम पाण्डे, रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटी अध्यक्ष कुमार श्रेष्ठ, चाल्टर्न समाज यूकेका संस्थापक अध्यक्ष सुरज केसी, व्यवसायीहरु कमल भण्डारी, यादव भण्डारी, साझा नेपाली समाज यूके अध्यक्ष रण केसी, शान्ति नेपाली समाज बेलायतका अध्यक्ष कृष्ण ढकाल, बेलायत कांग्रेसका भोजप्रसाद गुरुङ, मोती भण्डारी लगायतको सहभागिता थियो ।
तस्विरहरुः किशोर सुवेदी
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’