
अलेप्पोमा विस्थापित परिवार चार वर्षपछि आफ्नो घर हेर्न फर्कंदै । सरकारी सैन्य फोर्सले अलेप्पो पुनः आफ्नो नियन्त्रणमा लिएपछि मानिसहरु घर फर्कन थालेका छन् । । तस्विरः एपी
अलेप्पो (सिरिया), २० मङ्सिर । सिरियामा विद्रोहीको बलियो प्रभाव रहेको प्रान्तमा आइतबार भएको संदिग्ध रसियाली हवाई आक्रमणमा कम्तीमा ४६ सर्वसाधारणको मृत्यु भएको छ ।
संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले सोमबार अलेप्पो प्रान्तमा स्थायी युद्धविरामको मतदानको तयारी गरिरहेको अवस्था सो हवाई आक्रमण भएको छ । सिरियाको ठूलो सहर अलेप्पोमा पुनःनियन्त्रणका लागि रिसियाली सरकारले भीषण आक्रमण गरिरेहको छ ।
यसै क्रममा अलेप्पोको पूर्वी जिल्ला ६० प्रतिशत भन्दा बढी सरकारी सेनाले पुनः नियन्त्रणमा लिएको छ । सन् २०१२ मा विद्रोहीले सो जिल्ला नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी उत्तरपश्चिमी सिरियाको इदलिब प्रान्तको कफ्र नबेल सहरमा संदिग्ध रसियाली हवाई आत्रक्रममा कम्तीमा २६ व्यक्तिको मृत्यु भएको बेलायतसँग आवद्ध सिरियन अबजरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।
चालकरहित विमानले सो सरहको बजार इलाकासहित कैयाँै स्थानमा प्रहार गरेको प्रयत्क्षदर्शीले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।
त्यसैगरी संदिग्ध रसियाली हवाई आक्रमणमा मारेत अल नुमान सहर १८ व्यक्तिको मृत्यु एएफपी फोटो पत्रकारले जानकारी दिएका छन् ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट सिरियाली राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।
यस गृहयुद्धमा इस्लामिक स्टेट र अल कायदाजस्ता आतङ्ककारी समूह पनि हाबी हुँदै गए । यस युद्धमा परी सन् २०११ देखि हालसम्म तीन लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको र दशौँ लाख व्यक्ति घाइते भएका छन् ।
त्यसैगरी देशभित्र र छिमेकी देशमा लाखौँ व्यक्तिले शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई