ओकल्यान्ड (पश्चिम क्यालिफोर्निया), १९ मङ्सिर । अमेरिकी राज्य क्यालिफोर्नियाको एक गोदामघरमा शुक्रबार भएको आगलागीबाट कम्तिमा ४० जनाको मृत्यु भएको हुनसक्ने भन्दै अग्नी नियन्त्रक अधिकारीले मृतकका शरीर जम्मा गरिरहेका बताएका छन् ।
यद्यपि अहिलेसम्म प्राप्त सूचनाअनुसार नौ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
सान फ्रान्सिस्को नजिकैको सहर ओकल्यान्डमा शुक्रबार राति भएको उक्त घटनापछि सम्पर्कमा आउन नसकेका मानिसका आफन्तजनले लामो पर्खाइपछि पनि आफ्ना प्रियजनलाई भेट्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।
उक्त गोदामघरको एक तलामा रहेको ‘रेभ पार्टी’ (सङ्गीत तथा अन्य मोजमस्तीसहितको सेवा) प्रदान गर्ने रेस्टुरेन्टबाट आगलागी सुरु भएको बताइएको छ ।
उक्त भवनमा आगलागी नियन्त्रणका लागि कुनै सुविधा नभएकाले ठूलो क्षति हुन पुगेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट थाहा भएको अग्नी नियन्त्रकले जनाएका छन् ।
भवनभित्र आगलागी भएपछि भवनको छानाबाट सुन्तला रङ्गको ज्वाला निस्केको प्रत्यक्षदर्शीले बताएका छन् । भवनभित्र भएका मानिसको एकीन सङ्ख्या भने अझै थाहा हुन नसकेको एलनिडा काउन्टी सेरिफका विभागीय प्रमुख सर्जेन्ट रे केलीले बताउनुभयो ।
उहाँले नौ जनाको मृत शरीर भेटिइसकेको र अझै दुई दर्जन मानिस भवनभित्र हराएका सूचना प्राप्त भएको बताउनुभयो ।
भवनको भग्नावशेषभित्र थुप्रै मानिस पुरिएर रहेको हुनसक्ने उहाँले बताउनुभयो । अधिकारीले हराएका मानिसको खोजी कार्य जारी राखेको बताएका छन् ।
आगलागी हुँदा ५० देखि १०० जना मानिस भवनभित्र रहेको अपुष्ट समाचार बाहिर आए पनि केहीले आगलागीपछि भागेर बाँच्न सफल भएका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा