थाइल्यान्ड, १७ मङ्सिर । थाइल्यान्डका नयाँ राजा महा भाजिरालोङकोर्नले आफ्ना स्वर्गिय पिताको सम्झनामा शुक्रबार प्रार्थना गर्नुभएको छ ।
पिताको देहावसानपछि राजा नियुक्त हुनुपर्ने महा भाजिरालोङकोर्नको औपचारिक राज्यारोहन झण्डै सात हप्ता ढिला भएको थियो । उहाँ राजा बन्नु भएपछि पहिलो पटक प्रार्थनाका लागि बैंककको ग्राण्ड प्यालेसमा देखिनुभएको थियो ।
टेलिभिजनबाट प्रत्यक्ष प्रसारणसमेत गरिएको प्रार्थना समारोहमा नयाँ राजा महा भाजिरालोङकोर्नलाई पहिलो झलकको रुपमा देखिएको थियो ।
उहाँका पिता भूमिबोल अदुल्यादेजको गत अक्टोबार १३ मा सात दशक लामो शासनकाल पछि ८८ वर्षको अमेरमा निधन भएको थियो ।
थाइल्यान्डमा राजगद्दी उत्तराधिकारीसम्बन्धी नियम गोप्य रहेको छ र उत्तराधिकारी हुन अनेकौँ चरणका प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ ।
चौँसठ्ठी वर्षीय युवराज भाजिरालोङकोर्नलाई चार दशक अगाडि नै नरेश भूमिबोल अदुल्यादेजको उत्तराधिकारीको रूपमा घोषणा गरिएको थियो ।
नयाँ राजाको नियुक्तीसँगै थाइल्याण्ड फेरी नयाँ र अनिश्चित युगमा प्रवेश गरेको छ । भुमिबोललले सङ्कटको समयमा मध्यस्थकर्ताको ख्याति कमाएको भएपनि नयाँ राजाले त्यस्तो भूमिका खेल्नेमा धेरैले आशङ्का गरेका छन् । उहाँले विमानचालक सम्बन्धि तालिम लिनुभएको छ ।
थाइल्याण्डमा एक वर्षको शोक अवधिसम्म अन्त्येष्टिको संस्कार कायम रहन्छ र युवराज भाजिरालोङकोर्नले राजकुमारी सिरिनधोर्नलाई सो कामको जिम्मेवारी सुम्पनुभएको छ । स्वर्गीय नरेशको अन्त्येष्टिको संस्कार सम्पन्न भएपछि मात्र नयाँ नरेशलाई श्रीपेच पहिरयाउने चलन छ ।
थाइल्याण्डमा राजसंस्थाका बारेमा कडा नियमकानुन छ भने सञ्चार मध्यमहरुलाई पनि निकै सिमित स्वतन्त्रता मात्रै दिइएको छ ।
गएको दशकमा थाइल्यान्डमा राजनीतिक प्रदर्शन तथा सेनाद्वारा शासन लिने चक्र चलेको थियो भने असमानता अझै गहन बनेको बताइएको छ । सन् २०१४ मा पनि सेनाले शासन आफ्नो नियन्त्रणमा लिएको थियो ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ