हभावना, १४ मङ्सिर । क्युवा क्रान्तिका सर्वोच्च नेता तथा पूर्वराष्ट्रपति फिडेल क्याष्ट्रोकोे सोमबार भावपूर्ण श्रद्धाञ्जलि सहित अन्त्येष्टि गरिएको छ ।
उहाँका भाइ तथा राष्ट्रपति राहुल क्याष्ट्रो, कम्युनिष्ट पार्टीका शीर्ष नेता र सरकारी उच्च अधिकारीहरुले उहाँलाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको राज्य नियन्त्रित टेलिभिजनले जनाएको छ ।
उहाँको अन्त्येष्टिका बेला क्युवाको सेनाले उहाँको फोटो अगाडी राखेर एक मिनेट मौनधारण सहित उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गरेको थियो ।
अन्त्येष्टि समारोहमा उहाँका भाइ तथा राष्ट्रपति क्याष्ट्रोले उहाँलाई सेतो गुलाफ चढाउनुभएको थियो भने चर्चित लडाकू कमान्डर रमिरो भल्डेस र गुइलेर्मो गर्सियाले पनि सर्वोच्च नेतालाई श्रद्धाञ्जलि सहित बिदाइ गर्नुभएको छ ।
फिडेलका भक्त तथा अनुयायी राहुलले सन् २००० देखि राष्ट्रपति पदको जिम्मेबारी लिनुभएको थियो ।
सर्वोच्च नेता क्याष्ट्रोको गत शुक्रबार ९० वर्षको उमेरमा निधन भएको हो । उहाँको अन्तिम बिदाइका लागि हजारौँ क्युबाली जनता सोमबार प्रमुख स्थानमा भेला भएका थिए । उनीहरुले उहाँलाई समाजवादी सिद्धान्तका अथक योद्धाका रुपमा स्मरण गरेका छन् ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ