हभावना, १४ मङ्सिर । क्युवा क्रान्तिका सर्वोच्च नेता तथा पूर्वराष्ट्रपति फिडेल क्याष्ट्रोकोे सोमबार भावपूर्ण श्रद्धाञ्जलि सहित अन्त्येष्टि गरिएको छ ।
उहाँका भाइ तथा राष्ट्रपति राहुल क्याष्ट्रो, कम्युनिष्ट पार्टीका शीर्ष नेता र सरकारी उच्च अधिकारीहरुले उहाँलाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको राज्य नियन्त्रित टेलिभिजनले जनाएको छ ।
उहाँको अन्त्येष्टिका बेला क्युवाको सेनाले उहाँको फोटो अगाडी राखेर एक मिनेट मौनधारण सहित उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गरेको थियो ।
अन्त्येष्टि समारोहमा उहाँका भाइ तथा राष्ट्रपति क्याष्ट्रोले उहाँलाई सेतो गुलाफ चढाउनुभएको थियो भने चर्चित लडाकू कमान्डर रमिरो भल्डेस र गुइलेर्मो गर्सियाले पनि सर्वोच्च नेतालाई श्रद्धाञ्जलि सहित बिदाइ गर्नुभएको छ ।
फिडेलका भक्त तथा अनुयायी राहुलले सन् २००० देखि राष्ट्रपति पदको जिम्मेबारी लिनुभएको थियो ।
सर्वोच्च नेता क्याष्ट्रोको गत शुक्रबार ९० वर्षको उमेरमा निधन भएको हो । उहाँको अन्तिम बिदाइका लागि हजारौँ क्युबाली जनता सोमबार प्रमुख स्थानमा भेला भएका थिए । उनीहरुले उहाँलाई समाजवादी सिद्धान्तका अथक योद्धाका रुपमा स्मरण गरेका छन् ।
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण