युकेमा बुद्धबिहार स्थापनाका लागि च्यारिटी डिनर हुँदै

 15151488_10154712049671197_126070905_n
लन्डन । युकेमा प्रथम नेपाली बुद्धविहार निर्माणार्थ च्यारेटी डिनर नाईट आयोजना हुने भएको छ ।
मगर बौद्ध समाज युकेको वर्षगांठको उपलक्ष्यमा यही आउँदो ११ डिसेम्बर आईतबार मगर बौद्ध समाज युकेले प्रथम वार्षिक उत्सव तथा च्यारिटी डिनर साँझको आयोजना गर्ने भएको छ ।
अल्डरसटस्थित द पालेसमा हुने सो समारोहमा नेपालका चर्चित लोक दोहोरी गायक तथा गायिका मधुसुदन थापा मगर र सम्झना लामिछाने मगरले प्रस्तुति दिने संस्थाका सचिव टीका दर्लामी मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री