युनाइटेड नेशन्स, १२ मङ्सिर । संयुक्त राष्ट्रसङ्घ महासभा प्रमुख पिटर थमसनले क्यूवाका पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधनको खबरले आफू दुःखी बनेको बताउँदै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
शनिबार जारी विज्ञप्तिमा थमसनले भन्नुभएको छ, “म मृतकको परिवारजन, फिडेल कास्ट्रोका भाई तथा क्यूवाका राष्ट्रपति राहुल कास्ट्रो, क्यूवा सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।”
विज्ञप्तिमा क्युवाका पूर्वराष्ट्रपति फिडेल कास्ट्रो बिसौँ शताव्दीका केही प्रतिष्ठित नेतामध्ये एक भएको बताउँदै कास्ट्रोले आफ्नो जीवनभर समानताका लागि गरेको समर्पणले उहाँ विकासोन्मूख मुलुकका लागि एक प्रेरणाका स्रोत हुनुहुन्थ्यो भनिएको छ ।
शिक्षा र स्वास्थ्यका क्षेत्रमा उहाँको त्याग अविस्मरणीय रहने थमसनले बताउनुभएको छ ।
आधा शताव्दीसम्म क्यूवाको नेतृत्व सम्हाल्नुभएको कास्ट्रोले सन् २००६ मा स्वास्थ्यका कारण देखाउँदै राष्ट्रपतिको जिम्मेवारी उहाँको भाइ राहुल कास्ट्रोलाई सुम्पिनुभएको थियो ।
कास्ट्रोको ९० वर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा