युनाइटेड नेशन्स, १२ मङ्सिर । संयुक्त राष्ट्रसङ्घ महासभा प्रमुख पिटर थमसनले क्यूवाका पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधनको खबरले आफू दुःखी बनेको बताउँदै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
शनिबार जारी विज्ञप्तिमा थमसनले भन्नुभएको छ, “म मृतकको परिवारजन, फिडेल कास्ट्रोका भाई तथा क्यूवाका राष्ट्रपति राहुल कास्ट्रो, क्यूवा सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।”
विज्ञप्तिमा क्युवाका पूर्वराष्ट्रपति फिडेल कास्ट्रो बिसौँ शताव्दीका केही प्रतिष्ठित नेतामध्ये एक भएको बताउँदै कास्ट्रोले आफ्नो जीवनभर समानताका लागि गरेको समर्पणले उहाँ विकासोन्मूख मुलुकका लागि एक प्रेरणाका स्रोत हुनुहुन्थ्यो भनिएको छ ।
शिक्षा र स्वास्थ्यका क्षेत्रमा उहाँको त्याग अविस्मरणीय रहने थमसनले बताउनुभएको छ ।
आधा शताव्दीसम्म क्यूवाको नेतृत्व सम्हाल्नुभएको कास्ट्रोले सन् २००६ मा स्वास्थ्यका कारण देखाउँदै राष्ट्रपतिको जिम्मेवारी उहाँको भाइ राहुल कास्ट्रोलाई सुम्पिनुभएको थियो ।
कास्ट्रोको ९० वर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]