आइतबार, कार्तिक १६ २०७७ | Sun, November 01, 2020
नेपालको समय: ०६:३८ | UK Time: 00:53

दयाहाङले प्रियंकालाई बाटैमा प्रेम प्रस्ताव राखेपछि…

वीनेपाली
२०७३ मंसिर ३ गते ११:१८
15146756_10154695683386197_643849311_o

तस्विरः सुरज पौडेल

लन्डन । वीन्टरमा बेलायतको मौसम खुल्न अलिक आनाकानी गर्छ । कुन बेला घाम उदाउने हो अनि कहिले अस्ताउने थाहै हुन्न । बिहीबार एकछिन घमाइलो देखिन्थ्यो क्याम्बर्ली । हाइ स्ट्रिटमा रहेको ‘सो एसिया’ नामक रेष्टुरेन्ट अगाडि केही नौला मानिस एकत्रित देखिन्थे । बाटो हिंड्नेहरु अनौठो मानेर एक जोडीलाई हेरिरहेका थिए । ‘दयाहाङ ले प्रियंकालाई फूल दिएर प्रेम प्रस्ताव गरिरहेको दृश्यमा छौं हामी’, 
निर्देशक मिलन चाम्स भन्दै थिए ।

बेलायतमै करिब एक करोड ७० लाख रुपैयां लगानीमा बन्न लागेको फिल्म ‘हयाप्पी डेज’ टिम चौंथो दिन पनि सुटिङमा व्यस्त रह्यो । यतिखेर क्याम्बर्ली, रेडिङ, फार्नबोरो लगायत लोकेशनमा फिल्म सुटिङ भइरहेको छ ।

‘ज्यादै रमाइलो लागिरहेको छ’, प्रियंकाले भनिन्, ‘नेपाली फिल्म उच्च प्रविधि र प्राविधिक सहित बेलायतमा छायांकन हुनुले अब यस क्षेत्र अझ व्यापक हुंदै गएको प्रष्ट हुन्छ ।’ प्रियंकाले ७३ वटा मध्ये ६० बढि सिन आफ्नो भएकाले डिसेम्बर अन्तिमसम्म बेलायतमै व्यस्त हुने 
बताइन् । हिउंले ढाकिएको सेताम्मे लोकेसनमा ‘सुट’ गर्ने उनको सपना छ ।

मिलन चाम्सले नै निर्देशन गरेको ‘बीर विक्रम’ प्रचार प्रसारमा केही महिना अघि बेलायत आएका दयाहाङ यसपटक बेलायत बसाइको उद्देश्य फरक भएकाले दंग छन् ।

यस फिल्म छायांकनकै लागि छायांकार रामकुमार केसी, 
प्रमुख सहायक निर्देशक गिरीराज घिमिरे, सम्पादक अर्जुन जिसी, द्वन्द्व निर्देशक सकुमार बस्नेत, कलाकार सन्जय गुप्ता, सहायक निर्देशक एवं फोटोग्राफर करुणा गुरुङ बेलायत छन् ।

वीपी खनाल, विक्रम जोशी, नरेश शर्मा, डा. अशोक बन्सल, सपनकुमार राई र मिलन चाम्सले फिल्म निर्माणमा लगानी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक