लण्डन । सोसाइटी अफ नेपलिज हाइली स्किल्ड प्रोफेसनल्स युकेको प्रतिनिधिमण्डलले बेलायत भ्रमणमा आएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसित भेट गरेको छ ।
नेपाली दुताबास लण्डनमा भएको सो भेटमा सोसाइटीका अध्यक्ष डा. तेजेन्द्र फेरालीले सोसाइटी र यसका उद्देश्यका बारेमा जानकारी गराएका थिए ।
डा. भट्टराईले सोसाइटीको प्रशंसा गर्दै नेपाली प्रोफेसनल्सहरुलाई नेपाल फर्कन देशको पुनर्निर्माणमा सहभागी हुन आग्रह गरे । उनले आफू र आफ्नो पार्टी विदेशमा रहेका नेपाली प्रोफेसनल्सहरुको अनुभव र ज्ञानलाई देश भित्र्याउने वातावरण बनाउन प्रतिवद्ध रहेको बताए ।
सोसाइटीका अध्यक्ष फेरालीले विदेशमा रहेका प्रोफेसनल्सहरुलाई देश फर्काउन नीति र संयन्त्र आवश्यक भएको बताए । उनीहरुको नागरिकता कायम रहनदिनु त्यसको एक पाटो भएको उनले स्मरण गराए । प्रोफेसनल्सहरुले नेपाल नफर्के पनि सरकारी संयन्त्र बनाइएमा विदेशबाटै देशका निमित्त योगदान दिनसक्ने उनले बताए ।
भेटमा सोसाइटीका पूर्व अध्यक्ष नारायण भट्टराईको पनि उपस्थिति थियो ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक