लण्डन । ताप्लेजुङ समाज युकेको अध्यक्षमा अमृता पालुङ्वा निर्वाचित भएकी छिन् ।
समाजको शनिवार लण्डनमा सम्पन्न चौथो अधिवेसनले पालुङ्वालाई सर्वसम्मतिले अध्यक्षमा चुनेको हो । समितिको उपाध्यक्षहरुमा यामबहादुर आङबुहाङ, बुद्धिमान दर्नाल र दीपक याक्सो, सचिवमा रत्न लाबुङ, सहसचिवमा खेमराज मादेन, कोषाध्यक्षमा जीतप्रकाश मेयाङ्बो र सहकोषाध्यक्षमा निमा ग्याल्बो शेर्पा रहेका छन् । बाँकी सदस्यहरु कार्यसमितिले मनोनयन गर्ने बताइएको छ ।
नवनिर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक पूर्व मन्त्री विजयप्रकाश थेवेले सपथग्रहण गराएका थिए । निर्वाचन सम्पन्न गर्नका लागि पूर्व मन्त्री थेवेको संयोजकत्वमा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर सचिव, नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष सिरीप्रसाद लिम्बु, गैरआवासीय नेपाली महासंघ युकेका महासचिव विजयविक्रम लिङदेन र देव आङबुहाङ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
यसअघि सम्पन्न समाजको बन्दसत्रमा अध्यक्ष लक्ष्मी घिसिङ, महासचिव रत्न लाबुङ र कोषाध्यक्ष अमृता पालुङ्वाले पेश गरेको प्रतिवेदन पारित गरिएको थियो ।
अधिवेसनले ताप्लेजुङ जिल्ला अस्पतालका लागि गतवर्ष निर्माण गरिएको भवनमा एक तल्ला थप गरिदिने लगायतको निर्णयहरु गरेको छ । कार्यक्रममा अध्यक्ष घिसिङले आफ्नो कार्यकालमा सहयोग गर्ने महानुभावहरुलाई प्रसंशापत्र वितरण र धन्यवाद दिएका थिए ।
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
लन्डनमा गुञ्जियो नेपाली हिपहप