लण्डन । ताप्लेजुङ समाज युकेको अध्यक्षमा अमृता पालुङ्वा निर्वाचित भएकी छिन् ।
समाजको शनिवार लण्डनमा सम्पन्न चौथो अधिवेसनले पालुङ्वालाई सर्वसम्मतिले अध्यक्षमा चुनेको हो । समितिको उपाध्यक्षहरुमा यामबहादुर आङबुहाङ, बुद्धिमान दर्नाल र दीपक याक्सो, सचिवमा रत्न लाबुङ, सहसचिवमा खेमराज मादेन, कोषाध्यक्षमा जीतप्रकाश मेयाङ्बो र सहकोषाध्यक्षमा निमा ग्याल्बो शेर्पा रहेका छन् । बाँकी सदस्यहरु कार्यसमितिले मनोनयन गर्ने बताइएको छ ।
नवनिर्वाचित समितिलाई निर्वाचन समितिका संयोजक पूर्व मन्त्री विजयप्रकाश थेवेले सपथग्रहण गराएका थिए । निर्वाचन सम्पन्न गर्नका लागि पूर्व मन्त्री थेवेको संयोजकत्वमा नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर सचिव, नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष सिरीप्रसाद लिम्बु, गैरआवासीय नेपाली महासंघ युकेका महासचिव विजयविक्रम लिङदेन र देव आङबुहाङ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
यसअघि सम्पन्न समाजको बन्दसत्रमा अध्यक्ष लक्ष्मी घिसिङ, महासचिव रत्न लाबुङ र कोषाध्यक्ष अमृता पालुङ्वाले पेश गरेको प्रतिवेदन पारित गरिएको थियो ।
अधिवेसनले ताप्लेजुङ जिल्ला अस्पतालका लागि गतवर्ष निर्माण गरिएको भवनमा एक तल्ला थप गरिदिने लगायतको निर्णयहरु गरेको छ । कार्यक्रममा अध्यक्ष घिसिङले आफ्नो कार्यकालमा सहयोग गर्ने महानुभावहरुलाई प्रसंशापत्र वितरण र धन्यवाद दिएका थिए ।
नेपालको राजधानीमा एमालेको प्रदर्शन
बेलायतको पूर्व सांसदलाई जेल सजाय, रुसबाट घुस लिएको अभियोग
नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मताधिकारबारे मन्त्री घिसिङ र अधिवक्ता घिमिरेसँग आइतबार एनआरएनएको अन्तरक्रिया
पोखरामा युरोपेली सङ्घ चलचित्र महोत्सव : बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनित ६ लघुसहित २५ चलचित्र
टोकियो डोममा दोस्रो पटक नेपथ्य
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट