
लन्डन । २७ नोभेम्बर सांझ बेलायतमा हुन लागेको नृत्य प्रतियोगिता ‘यूके डान्स अफ’ मा सहभागी हुन इच्छुकहरुको अडिसन शनिबार सम्पन्न भएको छ । प्रिन्सेस हल अल्डरसटमा आयोजित अडिसनमा एकल र समूहगत गरि दर्जन बढि सहभागी भएको प्रतियोगिता आयोजक सपन इन्टरटेन्मेन्ट लिमिटेडले जानकारी दिएको छ । अडिसनमा बेलायतमा बन्न लागेको ह्याप्पी डेज नामक फिल्मका निर्देशक मिलन चाम्स, कलाकार सन्जय गुप्ता र चर्चित कोरियोग्राफर रिनासा राई निर्णायक थिए । उनीहरुले नाच प्रस्तुत गरेका प्रतिभाहरुको नाच हेरेर विभिन्न सुझाव दिए । अडिसनमा सहभागी मध्येबाट छिट्टै प्रतिष्पर्धाका लागि छनोट गरिने जनाइएको छ ।
सहभागी मध्ये केही व्यवसायिक डान्सर सरह सक्षम भएकाले उनीहरुलाई ह्याप्पी डेजमा समेत खेलाउन सकिने सपन इन्टरटेन्मेन्ट लिमिटेडका प्रवन्ध निर्देशक सपन राईले बताए । राई निर्माणाधिन ह्याप्पी डेज फिल्ममा आवद्ध छन् । उक्त नाच प्रतियोगिता ह्याप्पी डेज फिल्म युनिटको सहयोगमा हुन लागेको हो ।
बेलायतमा पहिलो पटक आकर्षक पुरस्कार राखेर उक्त नाच प्रतियोगिता गर्न लागिएको हो । यसमा प्रथम हुनेले १२ सय पाउण्ड, दोश्रो हुनेले ८ सय पाउण्ड र तेश्रो हुनेले ५ सय पाउण्ड पुरस्कार र प्रमाणपत्र पाउने आयोजकले जनाएका छन् ।
अन्तिम प्रतिष्पर्धा सामुयल कोडी स्पोर्टस सेन्टर, फार्नबोरोमा हुने र फिनालेमा नेपालका लोकप्रिय नायक नायिका प्रियंका कार्की र दयाहाङ राईको समेत सहभागी हुने अपेक्षा छ ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने