
लन्डन । २७ नोभेम्बर सांझ बेलायतमा हुन लागेको नृत्य प्रतियोगिता ‘यूके डान्स अफ’ मा सहभागी हुन इच्छुकहरुको अडिसन शनिबार सम्पन्न भएको छ । प्रिन्सेस हल अल्डरसटमा आयोजित अडिसनमा एकल र समूहगत गरि दर्जन बढि सहभागी भएको प्रतियोगिता आयोजक सपन इन्टरटेन्मेन्ट लिमिटेडले जानकारी दिएको छ । अडिसनमा बेलायतमा बन्न लागेको ह्याप्पी डेज नामक फिल्मका निर्देशक मिलन चाम्स, कलाकार सन्जय गुप्ता र चर्चित कोरियोग्राफर रिनासा राई निर्णायक थिए । उनीहरुले नाच प्रस्तुत गरेका प्रतिभाहरुको नाच हेरेर विभिन्न सुझाव दिए । अडिसनमा सहभागी मध्येबाट छिट्टै प्रतिष्पर्धाका लागि छनोट गरिने जनाइएको छ ।
सहभागी मध्ये केही व्यवसायिक डान्सर सरह सक्षम भएकाले उनीहरुलाई ह्याप्पी डेजमा समेत खेलाउन सकिने सपन इन्टरटेन्मेन्ट लिमिटेडका प्रवन्ध निर्देशक सपन राईले बताए । राई निर्माणाधिन ह्याप्पी डेज फिल्ममा आवद्ध छन् । उक्त नाच प्रतियोगिता ह्याप्पी डेज फिल्म युनिटको सहयोगमा हुन लागेको हो ।
बेलायतमा पहिलो पटक आकर्षक पुरस्कार राखेर उक्त नाच प्रतियोगिता गर्न लागिएको हो । यसमा प्रथम हुनेले १२ सय पाउण्ड, दोश्रो हुनेले ८ सय पाउण्ड र तेश्रो हुनेले ५ सय पाउण्ड पुरस्कार र प्रमाणपत्र पाउने आयोजकले जनाएका छन् ।
अन्तिम प्रतिष्पर्धा सामुयल कोडी स्पोर्टस सेन्टर, फार्नबोरोमा हुने र फिनालेमा नेपालका लोकप्रिय नायक नायिका प्रियंका कार्की र दयाहाङ राईको समेत सहभागी हुने अपेक्षा छ ।
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित