लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आफ्नो महत्वकांक्षी नेपाल हाउस प्रोजेक्ट सफल बनाउन विभिन्न संघसंस्थाहरुसंग छलफल जारी राखेको छ ।
बेलायतमा नेपालीको साझा घर (नेपाल हाउस) प्रोजेक्टबारे छलफल गर्न संघले यही २६ नोभेम्बरका दिन एक कार्यक्रम गर्ने भएको छ । एनआरएनए यूके मुछेत्र गुरुङले जानकारी दिए अनुसार उक्त छलफलका लागि हालसम्म ३६ नेपाली संघसंस्थाले आउने निश्चित गरिसकेका छन् ।
लन्चसहित राखिएको उक्त छलफलमा तमुधिं यूके, बीसीसी यूके, तमु प्ये ल्हु संघ, यूके, लमजुङ समाज यूके, याक्थुम चुम्लुङ यूके, किरात राई यायोख्या यूके, मगर संघ यूके, पुन समाज यूके, छेत्री समाज यूके, तामाङ सोसाइटी यूके, सेर्पा एसोसिएसन यूके, थकाली समाज यूके, गुल्मी जिल्ला समाज यूके, ग्रेटर रसमोर नेपलिज कम्युनिटी, ग्रेटर रेडिङ नेपलिज कम्युनिटी, स्वीन्डन नेपलिज कम्युनिटी, गोर्खाली समाज यूके, फोक्स्टोन नेपलिज समाज, तनहुं समाज यूके, हङकङ मञ्च यूके, पोखरेली मञ्च यूके, यूके बडी बिल्डिङ, सहारा यूके, यती नेपलिज एसोसिएसन यूके, पर्वत वेलफेयर सोसाइटी यूके, बेजिङस्टोक नेपलिज कम्युनिटी, चितवन एड ट्रस्ट, हन्स्लो नेपलिज कम्युनिटी, चार भन्ज्याङ तमु समाज यूके, मोना यूके, नेपलिज इन्जिनियरिङ एसोसिएसन यूके, नर्सिङ एसोसिएसन यूके, हिलिङडन गोर्खा नेपलिज कम्युनिटी हेज, ताप्लेजुङ समाज यूके, हाइली स्किल एसोसिएसन, तमु समाज यूके र कपिलवस्तु समाज यूके छन् ।
कार्यक्रम दिउसो १२ बजे शुरु हुने जनाइएको छ ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने