दूतावासलाई धर्मशाला बनाउंदिनः राजदूत

Dr Durga Subedi

बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदी

लन्डन । बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदीले लन्डनस्थित दूतावास भवनलाई धर्मशाला वा कम्युनिटी हल नबनाउने उद्घोष गरेका छन् । तमुधिं यूकेले आफ्नै सम्मानमा मिचेटमा आयोजना गरेको कार्यक्रममा राजदूत सुवेदीले केही संस्थाहरु कार्यक्रम गर्न नदिएकोमा रिसाएपनि दूतावासलाई धर्मशाला वा कम्युनिटी हल होइन, बरु समस्त नेपालीहरुको साझा घर बनाउने दावी गरेका 
हुन् ।

एक महिना एक साता अघि कार्यभार सम्हालेका सुवेदीले दूतावासमा अनावश्यक र अनियमित प्रवाहलाई रोकिएको प्रष्टयाए । उनले भने, ‘सुरक्षा इस्यु थिए, छिमेकी दूतावास र राजदूतले हाम्रोमा मानिसको फ्लो बढि भयो भनिरहेको सुनें । बेलायती परराष्ट्र र गृह अधिकारीहरुले पनि सुरक्षा इस्युले कम गतिविधि गर्न आग्रह गरेपछि मैले रोकेकै हो ।’ समस्त नेपालीको गौरव, स्वाभिमान र शिर उच्च र अक्षुण्ण राख्न गतिविधि बन्द गरिएको उनले बताए । ‘दूतावासलाई नेपालीहरुको साझा घरका रुपमा विकास गर्ने प्रतिवद्धता म चार वर्षमा पुरा गरेरै छाडछु’, उनले भने ।

15025256_1408040729224060_2033653810947568177_o

तमुधिं यूकेले स्थापनाको १६ वर्षको छोटो अवधिमा आफ्नै भवनमा राजदूतलाई स्वागत गर्ने योग्यता राख्नुलाई देश विदेशमा रहेका सबै नेपालीले गौरव गर्नुपर्ने जनाउंदै उनले भने, ‘मैले अहिले आफ्नै छानो मुनी न्यानो अनुभव गरेको छु ।’

उनले नेपाललाई संसारमा चिनाउने सगरमाथा, लुम्बिनी र गोर्खा 
रहेको जनाउंदै अहिले गोर्खा अस्तित्व जोगाउन आफूहरु लडिरहेको बताए । नेपालको नयां संविधानले नेपाल वहुजाती, बहुधार्मिक, बहु 
सांस्कृतिक, विविधतामा एकताको देश भनेको उल्लेख गर्दै सुवेदीले यही नै नेपालको पहिचान, प्रतिष्ठा र विशिष्ठता पनि रहेको उल्लेख गरे । बेलायतमा तमुधिं यूकले त्यो एकता कायम राखेकामा गौरव लागेको उनको टिप्पणी थियो ।

कार्यक्रममा तमुधिं यूके अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, उपाध्यक्ष ज्ञाम गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ लगायतले सुवेदीको कार्यकाल सफल रहोस् भन्दै शुभकामना दिएका थिए । सुवेदी दम्पत्तिलाई पाइपर धुनले स्वागत गरिएको थियो ।

14918810_1408040915890708_9005662416391508682_o

तस्विरहरुः मिलन तमु

प्रतिक्रिया

सम्बन्धित सामाग्री