लन्डन । बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदीले लन्डनस्थित दूतावास भवनलाई धर्मशाला वा कम्युनिटी हल नबनाउने उद्घोष गरेका छन् । तमुधिं यूकेले आफ्नै सम्मानमा मिचेटमा आयोजना गरेको कार्यक्रममा राजदूत सुवेदीले केही संस्थाहरु कार्यक्रम गर्न नदिएकोमा रिसाएपनि दूतावासलाई धर्मशाला वा कम्युनिटी हल होइन, बरु समस्त नेपालीहरुको साझा घर बनाउने दावी गरेका हुन् ।
एक महिना एक साता अघि कार्यभार सम्हालेका सुवेदीले दूतावासमा अनावश्यक र अनियमित प्रवाहलाई रोकिएको प्रष्टयाए । उनले भने, ‘सुरक्षा इस्यु थिए, छिमेकी दूतावास र राजदूतले हाम्रोमा मानिसको फ्लो बढि भयो भनिरहेको सुनें । बेलायती परराष्ट्र र गृह अधिकारीहरुले पनि सुरक्षा इस्युले कम गतिविधि गर्न आग्रह गरेपछि मैले रोकेकै हो ।’ समस्त नेपालीको गौरव, स्वाभिमान र शिर उच्च र अक्षुण्ण राख्न गतिविधि बन्द गरिएको उनले बताए । ‘दूतावासलाई नेपालीहरुको साझा घरका रुपमा विकास गर्ने प्रतिवद्धता म चार वर्षमा पुरा गरेरै छाडछु’, उनले भने ।
तमुधिं यूकेले स्थापनाको १६ वर्षको छोटो अवधिमा आफ्नै भवनमा राजदूतलाई स्वागत गर्ने योग्यता राख्नुलाई देश विदेशमा रहेका सबै नेपालीले गौरव गर्नुपर्ने जनाउंदै उनले भने, ‘मैले अहिले आफ्नै छानो मुनी न्यानो अनुभव गरेको छु ।’
उनले नेपाललाई संसारमा चिनाउने सगरमाथा, लुम्बिनी र गोर्खा रहेको जनाउंदै अहिले गोर्खा अस्तित्व जोगाउन आफूहरु लडिरहेको बताए । नेपालको नयां संविधानले नेपाल वहुजाती, बहुधार्मिक, बहु सांस्कृतिक, विविधतामा एकताको देश भनेको उल्लेख गर्दै सुवेदीले यही नै नेपालको पहिचान, प्रतिष्ठा र विशिष्ठता पनि रहेको उल्लेख गरे । बेलायतमा तमुधिं यूकले त्यो एकता कायम राखेकामा गौरव लागेको उनको टिप्पणी थियो ।
कार्यक्रममा तमुधिं यूके अध्यक्ष सुर्जे (रामचन्द्र) गुरुङ, उपाध्यक्ष ज्ञाम गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ लगायतले सुवेदीको कार्यकाल सफल रहोस् भन्दै शुभकामना दिएका थिए । सुवेदी दम्पत्तिलाई पाइपर धुनले स्वागत गरिएको थियो ।
तस्विरहरुः मिलन तमु
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै