मंगलबार, मंसिर १६ २०७७ | Tue, December 01, 2020
नेपालको समय: ०५:३० | UK Time: 23:45

दक्षिण पूर्व क्षेत्रीय तमुधिं लन्डनमा पुनः श्रीचन्द्र

वीनेपाली
२०७३ कार्तिक २२ गते १६:४३

14954516_10208839677087637_389686007_o

लन्डन । दक्षिण पूर्व क्षेत्रीय तमुधिं लन्डनको छैटौं महाधिवेशनले १३ सदस्सीय नयां कार्यसमिति निर्विरोध चयन गरेको छ । आइतबार गेसो हल प्लमस्टिडमा बिहान ११ देखि सांझ ८ बजेसम्म चलेको महाधिवेशनले श्रीचन्द्र गुरुङको अध्यक्षतामा दोश्रो कार्यकालका लागि पुनः नयां कार्यसमिति चयन गरेको हो ।

निर्वाचन मण्डलका प्रमुख हरि गोबिन्द गुरुङले नयां कार्यसमिति घोषणा गरेका थिए । २०१७ – २०१८ का लागि निर्वाचित सातौं कार्यसमितिमा उपाध्यक्षहरु श्रीमति कमला गुरुङ र सुमन गुरुङ, महासचिव हयारी 
गुरुङ, सचिव लक्ष्मण गुरुङ, कोषाध्यक्ष श्रीमती अर्चना गुरुङ, सहकोषाध्यक्ष श्रीमती पार्वती गुरुङ र युथ संयोजकमा डा. सुदर्शन गुरुङ चुनिएका छन् । त्यसैगरि, सदस्यहरुमा अशोक गुरुङ (वेब साइट), श्रीमती विष्णु (ममता) गुरुङ, श्रीमती चन्द्रा देवी गुरुङ, धनबहादुर गुरुङ (तारा) र पानबहादुर गुरुङ 
(प्रोपर्टी) छन् ।

महासचिव हयारी गुरुङका अनुसार, सातौं कार्यसमितिको पहिलो बैठक केही दिन भित्रै बस्ने र सम्पूर्ण सल्लाहकारहरुको चयन पनि वर्तमान कार्यसमितिले त्यही दिन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक