लन्डन । नेपाली कांग्रेसको थिंक ट्यांक संस्था प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीले कानुनी राज्यको उपहास गरेको जिकिर गरेका छन् ।
‘इन्टरनेशनल युनियन अगेन्स्ट टिबी एण्ड लंग डिजिज’ सेमिनारमा सहभागी हुन लन्डन आएका नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष केसीले कार्कीले लोकतान्त्रिक पद्दति, विधिको शासन र कानुनी राज्यको उपहास गरेको दावी गरे ।
‘संवैधानिक अंगको प्रमुखलाई जनताको सार्वभौम सम्पन्न संसदले बोलाउंदा उपस्थित नहुने, सर्वोच्च अदालतले केही सोध्न बोलाउंदा नजानु नै महाभियोगको बलियो आधार भयो’, केसीले भने ।
कार्कीको नियुक्ति अघि नागरिक समाजका तर्फबाट आफूहरुले तत्कालिन राष्ट्रपति डा. रामवरण यादवसंग भेटेर उनको नियुक्ति रोक्न आग्रह गरेको र राष्ट्रपतिले समेत शपथ ख्वाउनु परे पद छाड्छु भनेको स्मरण गर्दै केसीले भने, ‘तर रातारात परिस्थिति बदलियो ।’ अब भने महाभियोग विरुद्ध कसैले षडयन्त्र गर्न नसक्ने उनको विश्वास छ ।
केसीले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले उसले महाभियोगको पक्षमा मतदान गर्नुपर्ने सुझाव समेत दिए ।
३७ वर्ष यता चिकित्सा क्षेत्रमा क्रियाशिल वीपी स्मृति अस्पतालका चिकित्सक केसीले स्वास्थ्य क्षेत्रको विकृति विरुद्ध गोविन्द केसीको आवाज जायज भएको उल्लेख गरे । उनले विदेशमा रहेका बुद्धिजिवीहरुलाई देशका लागि पनि आफ्नो सीप र ज्ञान बांड्न आग्रह गरेका छन् ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]