लन्डन । नेप्लिज नर्सिङ असोसिएसन यूकेले आफ्नै खर्चमा काभ्रेमा प्राथमिक शिक्षालय (लर्निङ सेन्टर) स्थापना गरिदिएको छ ।
असोसिएसनले काभ्रेको देउपुर, सिपाघाटमा गंगा जमुना मितेरी प्राथमिक शिक्षालय बनाएको हो । उक्त शिक्षालय भवनको असोसिएसन अध्यक्ष प्रसुना कंडेल र सल्लाहकारद्वय टुका क्षेत्री र कमला पाण्डेले एक समारोहबीच गत बुधबार उद्घाटन गरे । असोसिएसनले बनाएको उक्त सेन्टरमा एकसय जना बालबालिका अध्ययन गर्न सक्ने अध्यक्ष कंडेलले जनाइन् । उक्त क्षेत्र नजिक रहेको प्राथमिक विद्यालयमा कक्षा १, २ र ३ को मात्र पढाइ भएपनि नर्सरी नभएकाले स साना वालवालिका शिक्षाको ज्योतिबाट वञ्चित हुंदै आएका थिए ।
उद्घाटन समारोहमा कंडेल, क्षेत्री र पाण्डेले करिब ७५ जना बालबच्चालाई पेन्सिल, कटर, इरेजर र कापी समेत बांडे ।
असोसिएसनले भूकम्पपछि पुनर्निर्माणको आफ्नो प्रोजेक्ट अन्तर्गत शिक्षालय बनाएको हो ।
अध्यक्ष प्रसुना कंडेलले उक्त शिक्षालय बनाउन हृदयदेखि सहयोग गर्ने बेलायतस्थित सम्पूर्ण दाताहरु, संघसंस्था र शुभचिन्तकप्रति आभार व्यक्त गरेकी छिन् ।
यसैबीच, कंडेलले २१ जनवरीमा हुने असोसिएसनको कार्यसमिति बैठक र फेब्रुअरी २५ मा गर्न लागिएको वार्षिक कन्फेरेन्समा सहभागिताका लागि सम्पूर्ण कार्यसमिति पदाधिकारी, सदस्य र सल्लाहकारहरुमा आव्हान गरेकी छिन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा