
नुवाकोट, २० कात्तिक । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले संविधान जारी गर्न नेपाली काँग्रेसले धेरै ठूलो सङ्घर्ष गरेकाले यसको सफल कार्यान्वयनका लागि पनि काँग्रेसले अहम भूमिका लिएको बताउनुभएको छ ।
नेपाल तरुण दल गाउँ कार्यसमिति थानसिङ नुवाकोटद्वारा आज पार्टी कार्यालय भवनको उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री महतले संविधानमा केही असन्तुष्टि जनाइरहेका पक्षको मागलाई पनि सम्बोधन गर्ने गरी संविधान संशोधनको प्रक्रिया सुरु भएको जानकारी दिनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री महतले प्रमुख प्रतिपक्षी दलसहितका राजनीतिक दलहरुसँग सरकार र काँग्रेसले संविधान संशोधनका लागि परामर्श सुरु गरेको उल्लेख गर्नुभयो ।
नेपालको समृद्धि, विकास, संविधान कार्यान्वयनलगायतका विषयमा विदेशी राष्ट्र एवम् दाताहरुको सहयोग रहेको मन्त्री महतले उल्लेख गर्नुभयो । नेपालको विकास पनि अधिकांश वैदेशिक सहायतामा निर्भर रहेकाले नेपालमा वैदेशिक लगानी र सहयोग भित्र्याउनका लागि आफू लागेको उहाँको भनाइ थियो ।
विदेश नीति जस्तो संवेदनशील विषयलाई राजनीतिक माध्यम बनाउने गरेकाले नेपालको कूटनीति कमजोर हुन पुगेको भन्दै आफूले नेपालको राष्ट्रिय स्वार्थ र आवश्यकताका पक्षमा छिमेकी भारतलगायत विभिन्न देशमा कुरा गरेको मन्त्री महतले स्पष्ट पार्नुभयो ।
नेपालले आफ्नो कूटनीतिक एवम् वैदेशिक नीतिलाई बलियो बनाउँदै राष्ट्रिय समृद्धि सम्भव छ भन्ने हेतुले वर्तमान सरकारले काम गरिरहेको जानकारी दिँदै मन्त्री महतले भारतीय राष्ट्रपतिको हालै भएको नेपाल भ्रमण एउटा उदाहरण हो भन्नुभयो । उहाँले भारतीय राष्ट्रपतिको भ्रमण सफल भएको र चिनियाँ राष्ट्रपतिको पनि चाँडै नै नेपाल भ्रमण हुने जानकारी दिनुभयो ।
मन्त्री डा महतले आफ्नो क्षेत्रको विकासका लागि प्राप्त बजेटको सदुपयोग भए नभएको निगरानी गर्न जनता नै जागरुक र सजग हुनुपर्नेमा पनि जोड दिनुभयो ।
कार्यक्रममा तरुण दल थानसिङ गाउँ कार्यसमितिका अध्यक्ष निर्भिक पाठक, काँग्रेसका जिल्ला नेताहरु रमेश महत, अर्जुनप्रसाद न्यौपाने, उत्तम पाठकलगायतका वक्ताले बोल्नुभएको थियो ।
सो अवसरमा वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको थियो ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने