
नुवाकोट, २० कात्तिक । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले संविधान जारी गर्न नेपाली काँग्रेसले धेरै ठूलो सङ्घर्ष गरेकाले यसको सफल कार्यान्वयनका लागि पनि काँग्रेसले अहम भूमिका लिएको बताउनुभएको छ ।
नेपाल तरुण दल गाउँ कार्यसमिति थानसिङ नुवाकोटद्वारा आज पार्टी कार्यालय भवनको उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री महतले संविधानमा केही असन्तुष्टि जनाइरहेका पक्षको मागलाई पनि सम्बोधन गर्ने गरी संविधान संशोधनको प्रक्रिया सुरु भएको जानकारी दिनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री महतले प्रमुख प्रतिपक्षी दलसहितका राजनीतिक दलहरुसँग सरकार र काँग्रेसले संविधान संशोधनका लागि परामर्श सुरु गरेको उल्लेख गर्नुभयो ।
नेपालको समृद्धि, विकास, संविधान कार्यान्वयनलगायतका विषयमा विदेशी राष्ट्र एवम् दाताहरुको सहयोग रहेको मन्त्री महतले उल्लेख गर्नुभयो । नेपालको विकास पनि अधिकांश वैदेशिक सहायतामा निर्भर रहेकाले नेपालमा वैदेशिक लगानी र सहयोग भित्र्याउनका लागि आफू लागेको उहाँको भनाइ थियो ।
विदेश नीति जस्तो संवेदनशील विषयलाई राजनीतिक माध्यम बनाउने गरेकाले नेपालको कूटनीति कमजोर हुन पुगेको भन्दै आफूले नेपालको राष्ट्रिय स्वार्थ र आवश्यकताका पक्षमा छिमेकी भारतलगायत विभिन्न देशमा कुरा गरेको मन्त्री महतले स्पष्ट पार्नुभयो ।
नेपालले आफ्नो कूटनीतिक एवम् वैदेशिक नीतिलाई बलियो बनाउँदै राष्ट्रिय समृद्धि सम्भव छ भन्ने हेतुले वर्तमान सरकारले काम गरिरहेको जानकारी दिँदै मन्त्री महतले भारतीय राष्ट्रपतिको हालै भएको नेपाल भ्रमण एउटा उदाहरण हो भन्नुभयो । उहाँले भारतीय राष्ट्रपतिको भ्रमण सफल भएको र चिनियाँ राष्ट्रपतिको पनि चाँडै नै नेपाल भ्रमण हुने जानकारी दिनुभयो ।
मन्त्री डा महतले आफ्नो क्षेत्रको विकासका लागि प्राप्त बजेटको सदुपयोग भए नभएको निगरानी गर्न जनता नै जागरुक र सजग हुनुपर्नेमा पनि जोड दिनुभयो ।
कार्यक्रममा तरुण दल थानसिङ गाउँ कार्यसमितिका अध्यक्ष निर्भिक पाठक, काँग्रेसका जिल्ला नेताहरु रमेश महत, अर्जुनप्रसाद न्यौपाने, उत्तम पाठकलगायतका वक्ताले बोल्नुभएको थियो ।
सो अवसरमा वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरिएको थियो ।
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण