लन्डन । बेलायती रक्षा मन्त्रालय (एमओडी) ले सोमबारदेखि आमरण अनसन बस्ने तयारी गरिरहेका भूपू गोर्खाहरुलाई त्यसो नगर्न आग्रह गरेको छ । भूपू गोर्खाहरुले आफ्ना माग सम्वोधन नभए ७ नोभेम्बरदेखि आमरण अनसन बस्ने चेतावनी दिइरहंदा रक्षा मन्त्रालयले बुधबार नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीलाई पत्र लेख्दै उक्त आग्रह गरेको हो । पत्रमा भूपू गोर्खाहरु भोक हड्तालमा उत्रिएको हेर्ने चाहना कसैलाई नभएको उल्लेख छ ।
भूपू गोर्खाहरुका गुनासाबारे वार्ता गर्न बेलायत सरकार तयार भएको र नेपाली दूतावाससंग वार्ता मिति तय गर्न आफ्ना कर्मचारीलाई भनिसकेको पनि पत्रमा उल्लेख छ ।
डिफेन्स भेट्रान हेर्ने रक्षा राज्यमन्त्री एमपी मार्क ल्यान्क्यास्टरद्वारा प्रेसित पत्रमा बेलायती रक्षा मन्त्रालय र भूपू गोर्खाबीच वार्ता गर्न नेपाल सरकारले गरेको आग्रहको स्वागत गर्दै आफू छिट्टै वार्तामा बस्न चाहिरहेको जनाइएको छ । राजदूत सुवेदीले नेपालका परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले भूपू गोर्खा समस्या समाधानका लागि बेलायत सरकारलाई लेखेको पत्र एमओडीमा प्रस्तुत गरेका थिए ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले समान पेन्सन लगायतका मागसहित आन्दोलन गर्दै आएको छ । समितिले भूपू गार्खाहरुलाई समान पेन्सन, वयस्क छोराछोरीलाई बिना शर्त आवासीय भिजा, क्षतिपूर्ति, नेपालमा रहेका भूपू गोर्खा तथा तिनका परिवारलाई शतप्रतिशत स्वास्थ्य सुविधा तथा कटौती (रिडन्डेन्सी) मा परेकालाई पनि औपचारिक पेन्सन दिनुपर्ने माग राख्दै आएको छ । तर, बेलायत सरकारले यी मागबारे वास्ता गरेको थिएन् । भूपू गोर्खाहरुले बेलायती रक्षामन्त्रीको यसअघिको वार्ता प्रस्ताव भने एजेन्डा बिहीन भन्दै अस्वीकार गरिदिएका थिए ।
पत्रमा ल्यान्क्यास्टरले राजदूत सुवेदीलाई वधाइ दिंदै उनको कार्यकालमा बेलायत र नेपालबीचको सम्वन्ध अझ अभिवृद्धि गर्न एकसाथ काम गर्ने अपेक्षा समेत गरिएको छ ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी