लन्डन । बेलायतको गृह मन्त्रालय (होम अफिस) ले अध्यागमन नियममा परिवर्तन गरेको छ । २४ नोभेम्बरदेखि लागू हुने गरि टियर वान, इन्टरप्रिनर, टियर टु, टियर ५ र टियर फोर क्याटगोरिजमा केही नियम परिवर्तन गरिएको हो ।
३ नोभेम्बर बिहीबार घोषणा गरिएको नियममा वर्क परमिट भिजा लिन वार्षिक तलव बढाइएको छ । टियर टु जनरल (वर्क परमिट) अन्तर्गत अनुभवी कामदारको हकमा वार्षिक कम्तीमा २५ हजार तलव भएको हुनुपर्ने बनाइएको छ । टियर टु इन्ट्रा कम्पनी ट्रान्सफर अन्तर्गत छोटो अवधिको कर्मचारीका लागि बढाएर ३० हजार पाउण्ड पुर्याइएको छ भने टियर टु इन्ट्रा कम्पनी ट्रान्सफर ग्रयाजुएट प्रशिक्षार्थीका लागि तलव घटाउंदै वार्षिक २३ हजार पाउण्ड गरिएको छ । तर, इन्ट्रा कम्पनीका लागि अधिकतम २० कोटा प्रतिवर्ष गरि बढाइएको सोलिसिटर राजु थापाले जानकारी दिए ।
यसैवर्ष जनवरी, २०१६ मा घोषणा भएको अंग्रेजी भाषाका लागि लेभल ए टु तोकिएको छ । साढे दुई वर्षसम्म भिजा लिएर आएका बेलायती वा यहांका स्थायी बसोवास गरिरहेका श्रीमान वा श्रीमतिका हकमा साढे दुई वर्षपछि अध्यागमन नियमको अनुसूची एफएम अन्तर्गत ५ वर्षसम्म भिजाका लागि सोही अवलम्बन गर्नुपर्ने नयां नियममा छ । जसको भिजा १ मे, २०१७ पछि सकिन्छ उनीहरुको हकमा यो नियम लागू हुनेछ । यसका लागि स्पिकिङ र लिसनिङ टेस्ट होम अफिसले तोकेको परीक्षा दिने केन्द्रबाट पास गरेको हुनुपर्नेछ ।
तर, ६५ वर्ष नाघेका वा अपांगको हकमा भने सो नियम लागू हुने छैन् । यस अतिरिक्त टियर वान, इन्टरप्रिनर, टियर टु र टियर ५ युवा परिचालन सम्वन्धमा पनि नियम परिवर्तन गरिएको नयां सूचनामा प्रकाशित छ ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]