लन्डन । बेलायतको गृह मन्त्रालय (होम अफिस) ले अध्यागमन नियममा परिवर्तन गरेको छ । २४ नोभेम्बरदेखि लागू हुने गरि टियर वान, इन्टरप्रिनर, टियर टु, टियर ५ र टियर फोर क्याटगोरिजमा केही नियम परिवर्तन गरिएको हो ।
३ नोभेम्बर बिहीबार घोषणा गरिएको नियममा वर्क परमिट भिजा लिन वार्षिक तलव बढाइएको छ । टियर टु जनरल (वर्क परमिट) अन्तर्गत अनुभवी कामदारको हकमा वार्षिक कम्तीमा २५ हजार तलव भएको हुनुपर्ने बनाइएको छ । टियर टु इन्ट्रा कम्पनी ट्रान्सफर अन्तर्गत छोटो अवधिको कर्मचारीका लागि बढाएर ३० हजार पाउण्ड पुर्याइएको छ भने टियर टु इन्ट्रा कम्पनी ट्रान्सफर ग्रयाजुएट प्रशिक्षार्थीका लागि तलव घटाउंदै वार्षिक २३ हजार पाउण्ड गरिएको छ । तर, इन्ट्रा कम्पनीका लागि अधिकतम २० कोटा प्रतिवर्ष गरि बढाइएको सोलिसिटर राजु थापाले जानकारी दिए ।
यसैवर्ष जनवरी, २०१६ मा घोषणा भएको अंग्रेजी भाषाका लागि लेभल ए टु तोकिएको छ । साढे दुई वर्षसम्म भिजा लिएर आएका बेलायती वा यहांका स्थायी बसोवास गरिरहेका श्रीमान वा श्रीमतिका हकमा साढे दुई वर्षपछि अध्यागमन नियमको अनुसूची एफएम अन्तर्गत ५ वर्षसम्म भिजाका लागि सोही अवलम्बन गर्नुपर्ने नयां नियममा छ । जसको भिजा १ मे, २०१७ पछि सकिन्छ उनीहरुको हकमा यो नियम लागू हुनेछ । यसका लागि स्पिकिङ र लिसनिङ टेस्ट होम अफिसले तोकेको परीक्षा दिने केन्द्रबाट पास गरेको हुनुपर्नेछ ।
तर, ६५ वर्ष नाघेका वा अपांगको हकमा भने सो नियम लागू हुने छैन् । यस अतिरिक्त टियर वान, इन्टरप्रिनर, टियर टु र टियर ५ युवा परिचालन सम्वन्धमा पनि नियम परिवर्तन गरिएको नयां सूचनामा प्रकाशित छ ।
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित