बिहीबार, कार्तिक ६ २०७७ | Thu, October 22, 2020
नेपालको समय: ०३:२४ | UK Time: 22:39

देउसी भैलो खेलेर तमु समाज यूकेले उठायो ११ हजार पाउन्ड

वीनेपाली
२०७३ कार्तिक १९ गते १०:२१

14882161_10154510669900575_3264490108032950652_o

लन्डन । तमु समाज यूकेले विगत वर्षहरुझै यस पटकपनि २९ र ३० अक्टोबर (कुकर तिहार र लक्ष्मी पूजा) को दिन देउसी भैलो कार्यक्रम गरेको छ ।

समाजले लन्डनमा सदस्य तथा शुभचिन्तकहरुको घर घर गई परम्परागत शैलीमा देउसी भैलो खेलेर वहुउद्देश्यीय सामाजिक भवन खरिद परियोजनाका निम्ति ११ हजार पाउन्ड भन्दा बढि आर्थिक संकलन गरेको छ ।

प्रवासमा नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्दै नयां पुस्ताहरुसमक्ष स्वर्णीम संस्कृतिको सकारात्मक सन्देश प्रवाह गर्न, समाजका सदस्य तथा शुभचिन्तक मित्रगणहरुबीच पारस्परिक सम्बन्ध सवल, प्रगाढ र सुमधुर बनाउनुका साथै तमु समाज यूकेको वहुउद्देश्यीय सामाजिक भवन खरिद परियोजनाका निम्ति आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले देउसी भैलो खेलिएको हो । कार्यक्रममा सबैले मन खोलेर भैलरीहरुको स्वागत तथा सत्कार गर्दै दान दिए ।

समाजका उपाध्यक्ष शिवचन्द्र गुरुङको संयोजनमा आयोजित उक्त देउसी भैलोमा जातीय पहिरनमा सजिएर तमु समाज यूके आमा समूहका आमा तथा दिदीबहिनीहरु उपस्थित थिए ।

२९ तारिख कुकुर तिहारका दिन उपाध्यक्ष तथा देउसी भैलो कार्यक्रमका संयोजक शिवचन्द्र गुरुङको निवासबाट आरम्भ गरि खेलकुद सचिव हरिमान गुरुङको घरमा कार्यक्रम विसर्जन गरिएको थियो । यसै गरि ३० तारिख लक्ष्मी पुजाको दिन दिउसो सल्लाहकार यम बहादुर गुरुङको निवासबाट सुरु भई मध्यरातमा सल्लाहकार तथा भवन खरिद परियोजनाका संयोजक 
सुवसिंङ गुरुङ बीइएमको निवासमा समापन गरिएको थियो ।

कार्यक्रमको दोस्रो दिन देउसी भैलो समूह लन्डन बरो अफ ब्रेन्टका डेपुटी मेयर तथा काउन्सिलर भगवानजी चौहान र कारिन्दा क्यारोलको घर पनि पुगेको थियो । पहिलो दिनको कार्यक्रममा अध्यक्ष अर्जुन कुमार गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्व अध्यक्ष शिब शरण गुरुङ र महासचिब ज्ञान बहादुर गुरुङको विशेष उपस्थिति थियो ।

14859695_10154510669605575_6419166280152470327_o

आरम्भ र समापनको समयमा भैलरीहरुका निम्ति घरमा विशेष भोजको ब्यवस्था गरिएको थियो । देउसी भैलो कार्यक्रममा भैलरीहरुको श्रृंगार, 
मालाको प्रवन्ध उपाध्यक्ष बिजु गुरुङ र आमा समूहकी अध्यक्ष माया गुरुङ लगायत आमा दिदीबहिनीहरुले गरेका थिए । त्यसैगरि दुवै दिन यातायातको व्यवस्थापन संयोजक केदार गुरुङ र फोटोग्राफी युवा समूहका अध्यक्ष ओमकार गुरुङ र भिडियोग्राफी यम बहादुर गुरुङले गरेका थिए ।

समय अभावका कारण भैलरीहरु सबैको घर जान सम्भव नभएपनि सबै सदस्य र शुभचिन्तकहरु नजिकको पायक पर्ने घरमा भेला भएर  दान गरेका थिए । विविध कारणबाट घर दैलो कार्यक्रममा 
सहभागी बन्न नसकेका कतिपय सदस्य तथा शुभचिन्तकहरुले अनलाइन बैंकिङबाट पनि रकम दिएर सहयोग गरेका छन् । दान दिने हरेक सदस्य तथा शुभचिन्तकहरुलाई तमु समाज यूकेका अध्यक्ष अर्जुन कुमार गुरुङले हार्दिक धन्यवाद सहित शुभकामना कार्ड प्रदान गरेका थिए । 

तस्विर सौजन्यः ओमकार गुरुङ

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक