लन्डन । नेपलिज ब्रिटिश कम्यूनिटी यूके (एनबीसी यूके) ले चितवनमा सञ्चालित लक्ष्मी प्रतिष्ठानको सहयोगार्थ तिहारमा दुई दिन देउसी भैलो कार्यक्रम गरेको छ ।
नेपाली संस्कृति र परम्पराको संरक्षण तथा विकास गर्दै सामाजिक सेवा गर्ने उद्देश्यले लक्ष्मी पूजा र गोवर्धन पूजाको दिन देउसी भैलो खेलिएको हो । लन्डनका बेग्ला बेग्लै घरमा गरिएको देउसी भैलोबाट १८४९.०३ पाउण्ड उठेको र थप सहयोगको प्रतिवद्धता आएको कम्युनिटीका सचिव मिलन घिमिरेले जानकारी दिए ।
पिपला देवान, कृष्ण तिमल्सिना, चित्र गुरुङ, डा. श्याम चन्द, चिरन्जिवी ढकाल, खेम पौडेल, गोविन्द घिमिरे, बासु लामिछाने, राज कुमार त्रिपाठी, अनिल लामिछाने, महेश दाहालले उक्त रकम प्रदान गरेका हुन् भने उत्तम नेपाल, डेबिड गुरुङ र बीपी खनालले पनि सहयोगको प्रतिवद्धता जनाएका छन् । कम्युनिटी पदाधिकारीले नेपालकै शैलीमा घर घर गई देउसी खेलेका थिए ।
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री