लन्डन । नेपलिज ब्रिटिश कम्यूनिटी यूके (एनबीसी यूके) ले चितवनमा सञ्चालित लक्ष्मी प्रतिष्ठानको सहयोगार्थ तिहारमा दुई दिन देउसी भैलो कार्यक्रम गरेको छ ।
नेपाली संस्कृति र परम्पराको संरक्षण तथा विकास गर्दै सामाजिक सेवा गर्ने उद्देश्यले लक्ष्मी पूजा र गोवर्धन पूजाको दिन देउसी भैलो खेलिएको हो । लन्डनका बेग्ला बेग्लै घरमा गरिएको देउसी भैलोबाट १८४९.०३ पाउण्ड उठेको र थप सहयोगको प्रतिवद्धता आएको कम्युनिटीका सचिव मिलन घिमिरेले जानकारी दिए ।
पिपला देवान, कृष्ण तिमल्सिना, चित्र गुरुङ, डा. श्याम चन्द, चिरन्जिवी ढकाल, खेम पौडेल, गोविन्द घिमिरे, बासु लामिछाने, राज कुमार त्रिपाठी, अनिल लामिछाने, महेश दाहालले उक्त रकम प्रदान गरेका हुन् भने उत्तम नेपाल, डेबिड गुरुङ र बीपी खनालले पनि सहयोगको प्रतिवद्धता जनाएका छन् । कम्युनिटी पदाधिकारीले नेपालकै शैलीमा घर घर गई देउसी खेलेका थिए ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक