
इन्डियन फाउन्डेसन, नीति अनुसन्धान प्रतिष्ठान नेपाल, नेपाल सेन्टर फर कन्टेम्प्रोररी स्टडिज्ले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल–भारतबीच पहिलो बहुपक्षीय सम्वादः नयाँ अनुसन्धान’ विषयक गोष्ठीमा भारतका राष्ट्रपति प्रणव मुखर्जी र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतलगायत । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, १८ कात्तिक । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल–भारतबीच पहिलो बहुपक्षीय संवादः नयाँ अनुसन्धान’ विषयक गोष्ठीमा सहभागी हुनुभयो ।
इन्डियन फाउन्डेसन, नीति अनुसन्धान प्रतिष्ठान नेपाल, नेपाल सेन्टर फर कन्टेम्प्रोररी स्टडिज्ले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको सो दुईदिने गोष्ठी समापन समारोहमा राष्ट्रपति मुखर्जीसहित उहाँको भ्रमण टोलीमा सहभागी सदस्यहरुको पनि उपस्थित हुनुहुन्थ्यो ।
सो अवसरमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई, सांसदलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताको सहभागिता थियो ।
साथै परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, नेपालका लागि भारतका राजदूत रणजीत राय, कूटनीतिज्ञ, उद्योगपति एवम् सञ्चारकर्मीको समेत सहभागिता रहेको थियो ।
सो अवसरमा राष्ट्रपति मुखर्जीलाई परराष्ट्रमन्त्री डा महतले कलात्मक पशुपतिनाथको मन्दिरको प्रतिकृति उपहार प्रदान गर्नुभएको थियो । गोष्ठीमा नेपाल–भारत सम्बन्ध, प्रजातन्त्र, सङ्घीयता विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत भएका थिए ।
सो अवसरमा नेपाल सेन्टर फर कन्टेम्प्रोररी स्टडिजका अध्यक्ष प्रा डा लोकराज बरालले १८ वर्षपछिको अन्तरालमा भारतका राष्ट्रपतिबाट नेपालको भ्रमणले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ उचाइ थपिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले राष्ट्रपति मुखर्जीका विगत राजनीतिज्ञ, प्राज्ञिक, कूटनीतिज्ञ तथा अर्थशास्त्रीका रुपमा रहेको सन्दर्भ उल्लेख गर्दै यस्तो अनुभवले नेपालको आर्थिक एवम् सामाजिक विकासमा समेत योगदान दिएको चर्चा गर्नुभयो ।
नीति अनुसन्धान प्रतिष्ठान नेपालका अध्यक्ष एवम् गोष्ठी संयोजक नीलकण्ठ उप्रेतीले समावेशी लोकतन्त्रलाई बलियो बनाउन र सङ्घीयताका विविध आयामका बारेमा गोष्ठीमा छलफल भएको बताउनुभयो ।
इन्डियन फाउन्डेसनका निर्देशक डा आलोक बनसालले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउन गोष्ठी फलदायी रहेको चर्चा गर्नुभयो ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित