काठमाडौं । सर्वोच्च अदालतको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद तामेल गरेको छ । पटक-पटकको अवरोध खेपेको सर्वोच्चको टोलीले काठमाडौं महानगरपालिका वडा नं १० का सचिव सरिता राईको रोहबरमा मंगलबार दिउँसो कार्कीको घरमा म्याद तामेल गरेको इकान्तिपुरले जनाएको छ ।
सर्वोच्च अदालतको स्रोत अनुसार म्याद तामेल भएको सम्पूर्ण प्रतिवेदन सहितको कागजात तामेलदारको टोलीले सर्वोच्चमा आजै पेश गरिसकेको छ ।
म्याद टाँस्ने क्रममा २ जना साक्षी पनि बसेका थिए ।
योसँगै अबको १५ दिनभित्र विपक्षी लोकमानसिंह कार्की सर्वोच्च अदालत आफैं उपस्थित हुनुपर्ने छ वा उनी आफैं उपस्थित नभए उनले आफ्नो प्रतिनिधि पठाउनु पर्नेछ । त्यसो त कार्कीले ३० दिनको म्याद थप्न पाउने छन् ।
यसैगरी सर्वोच्चले म्याद तामेलमा लापरबाही गरेको भन्दै अघिल्लो तामेलदार शम्भू बहादुर खत्रीलाई मंगलबार अपरान्हसम्म कारबाही गर्ने तयारी गरेको अदालत स्रोतले बताएको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा