काठमाडौं । सर्वोच्च अदालतको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद तामेल गरेको छ । पटक-पटकको अवरोध खेपेको सर्वोच्चको टोलीले काठमाडौं महानगरपालिका वडा नं १० का सचिव सरिता राईको रोहबरमा मंगलबार दिउँसो कार्कीको घरमा म्याद तामेल गरेको इकान्तिपुरले जनाएको छ ।
सर्वोच्च अदालतको स्रोत अनुसार म्याद तामेल भएको सम्पूर्ण प्रतिवेदन सहितको कागजात तामेलदारको टोलीले सर्वोच्चमा आजै पेश गरिसकेको छ ।
म्याद टाँस्ने क्रममा २ जना साक्षी पनि बसेका थिए ।
योसँगै अबको १५ दिनभित्र विपक्षी लोकमानसिंह कार्की सर्वोच्च अदालत आफैं उपस्थित हुनुपर्ने छ वा उनी आफैं उपस्थित नभए उनले आफ्नो प्रतिनिधि पठाउनु पर्नेछ । त्यसो त कार्कीले ३० दिनको म्याद थप्न पाउने छन् ।
यसैगरी सर्वोच्चले म्याद तामेलमा लापरबाही गरेको भन्दै अघिल्लो तामेलदार शम्भू बहादुर खत्रीलाई मंगलबार अपरान्हसम्म कारबाही गर्ने तयारी गरेको अदालत स्रोतले बताएको छ ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस